काठमाण्डौ । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका शीर्ष नेतासँग आइतबार भएको छलफलमा छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिए ।
भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने जानकारी प्रधानमन्त्रीले बैठकमा दिएका छन् ।
कोरियाली भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको थियो ।
बालकुमारी घटनामा सरकारले उच्चस्तरीय आयोग गठन गर्ने
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको टिप्पणी गरेका छन्।
तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त टिप्पणी गरेका हुन्। उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औंल्याए।
प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको उल्लेख गरे। नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको उनको भनाइ थियो।
इन्धनको नयाँ मूल्य सूची प्राप्त, पेट्रोल डिजेलको भाउ यथावत
काठमाडौं । इण्डियन आयल कर्पोरसनबाट नेपाल आयल निगमलाई नयाँ मूल्य सूची प्राप्त भएको छ ।
नेपाल आयल निगमका अनुसार भारतबाट न्यून दरमा मात्रै मूल्य घटबढ आएकोले इन्धनको भाउ यथावत राखिएकोे छ । निगमलाई १५ पुसमा प्राप्त भएको नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेर आएको छ ।
पेट्रोलमा बढेको र डिजेलमा थोरै घटेको भएपनि निगमले भने हालकै मूल्यमा नै इन्धन बिक्री वितरण हुने जानकारी दिएको छ । हाल काठमाडौमां पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतबाट खाना पकाउने ग्यासमा पनि २० पैसाले मूल्य घटेर आएको छ ।
ग्यासमा सरकारलाई प्रतिसिलिण्डर ३ सय ४१ पैसा नोक्सानी भएतापनि साविककै मूल्य प्रतिसिलिण्डर १८ सय ९५ मै बिक्री हुने पनि निगमले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् ।
यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
गायक सरगम राईको ‘चाहना बढ्दै गो’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो।।।।’सार्वजनिक भएको छ ।
गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।
प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।
सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।
video link :
=”https://www.youtube.com/embed/0khhQj2ybbw?si=Pz7dx1SEpzejDmx
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक
काठमाण्डौ । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।
ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्।
सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।
तमु ल्होसारजस्ता चाडपर्वले नेपालीबीच सामाजिक एकता र धार्मिक सहिष्णुता मजबुत बनाउँछः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको जनाएका छन् ।
तमु ल्होसारका अवसरमा शनिवार राति शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । उनले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको जनाए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको जनाएका छन् । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभूषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उनको भनाइ छ ।
मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसारले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन सम्पूर्ण नेपालीमा उत्प्रेरणा पैदा हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामनासमेत व्यक्त गरेका छन् ।
वनभोजका लागि जाँदै गरेको बस दुर्घटना, २० जना घाइते
काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका १३ को भन्ज्याङ नजिकैमा दुर्घटना भएको छ ।
आज आइतबार बिहान बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।
बझाङमा गयो भूकम्प
काठमाडौं । बझाङमा भूकम्प गएको छ ।
आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
कांग्रेसले आज १ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेसले आज आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको हो ।
शनिबार सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको कांग्रेसले जानकारी दिएको छ ।