काठमाडौं । सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार उपत्यकामा सार्वजनिक बिदा
बजेट कार्यान्वयन आजैबाट सुरु हुने अर्थमन्त्री पौडेलको दाबी
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्।
बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन्।
उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने दाबी गरे। उनले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाइएको जानकारी दिए। उनले राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने दाबी गरे।
उनले भने– ‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएको छ।विकास आयोजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएको छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’
अर्थमन्त्री पौडेलले सरकारले तीन करोडको मापदण्डलाई कार्यान्वयन गर्ने काम गरेको जनाए। विकासका असीमित आकाङ्क्षा, सीमित स्रोत र बजेट पनि सीमित सीमामा बसेर ल्याउनुपर्ने भएकाले ३ करोडको मापदण्डलाई कार्यान्वयन गरी बजेट ल्याएको उनको भनाई थियो।
उनले भने, ‘मितव्ययी र खर्च कटौतीका उपायहरू अपनाएर चालु खर्चलाई सन्तुलनमा राख्ने प्रयास गरिएको छ। सरकारले बजेट कार्यान्वयनको लागि साउन १ गतेसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गरेका छौँ। आज देखि नै बजेटमा प्रस्तावित आयोजनाहरूको तयारी पूरा भए खरिद प्रक्रियामा जान सक्ने व्यवस्था गरिएको छ।’
उनले २५ करोड भन्दा बढीका आयोजना अनुगमन र प्रभावकारी आयोजनाको लागि राष्ट्रिय विकास बोर्डको प्रबन्ध गरिएको जनाए। उनले अनुदानको लागतको अधिकतम सीमा निर्धारण गर्न बजेटले ५० प्रतिशतको सीमा निर्धारण गरेको पनि जनाए।
अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे। उनले वन क्षेत्रको जग्गा उपभोगका विषयलाई सहजीकरण भएको भन्दै वनको कारणले आयोजनाहरू अवरुद्ध हुने अवस्था नहुने गरी बजेटले व्यवस्था गरिएको जनाए। उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउने गरी बजेट आएको दाबी समेत गरे।
उनले भने, ‘विदेशी लगानी प्रवर्द्धनको लागि नीतिगत सुधार गर्ने प्रयास गरिएको छ।विदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा सरकारले लिएको छ। डिजिटल भुक्तानीमा लाग्ने १३ प्रतिशत कर खारेज गरिएको छ। भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम भन्सार कर पनि हटाएका छौँ।’
आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध उजुरी
काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताम आलमलाई ज्यान मुद्दामा सफाई दिने न्यायाधीसविरूद्व उजुरी परेको छ ।
न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो ।
युवराज सफलद्वारा दायर उजुरीमा न्यायाधीसद्वयलाई निलम्बन गर्न माग गर्दै विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले रौतहत नरसंहारका मुख्य अभियुक्त आलमलाई जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।
चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् ।
मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गरिसकेको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्दैछ ।
विसं २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सवैभन्दा पुरानो संस्था हो । चेम्बर अभियान ७५ बर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्तीलाई भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले जनाए ।
सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयरमा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयर प्रा.ली. को सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने छन्।
यस्तो सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ।
साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य सुविधाहरू ल्याउने प्रतिबद्धता समेत गरेको छ।
यस बैंकले देशैभरी ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइबाट करीब १९ लाख ग्राहकलाई बैंकिङ्ग सुविधा दिइरहेको छ।
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण र ह्याम्स अस्पतालमा छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई ह्याम्सद्वारा सञ्चालित गठ्ठाघरमा रहेको नागरिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालका सेवा तथा सुविधाहरूमा ५ देखि १२ प्रतिशतसम्म छुट हुनेछ।
सम्झौतामा बैकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशीले हस्ताक्षर जेठ १४ गते हस्ताक्षर गरेका हुन्।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
राप्रपाको प्रदर्शनमा घुसपैठ भएको भन्दै ३ जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय छन् । उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन् ।
सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन
काठमाण्डौं । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।
उनले भने, जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’त्यस्तै सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने घोषणा समेत गरेको छ ।
दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड
काठमाडौं । सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए ।
त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि जनाएका छन् ।
यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिकालागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदकालागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।