काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन ।
सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’
प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए ।
उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ। जनतामा पैदा गरिएको निरासालाई चिनुपर्दछ। यसका लागि बिगतका परम्परागत प्रशासनिक कार्यशैली, ब्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोचसहित अगाडि बढौँ ।’
आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्तरिक बजारमा बील लिने दिने प्रणाली प्रभावकारी भएको छैन। कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन। यस सम्वन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुहोस्। कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुहोस् ।’
बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो।
राजस्व चुहावट रोक्न सम्वन्धित पक्षलाई प्रधानमन्त्रीको निर्देशन
मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनिहरुविरुद्ध मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।
मुद्दा दायर हुनेमा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्य रहेकाछन् ।
कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा दायर गरिएको जानकारी दिईएको छ ।
‘आइएमई पे’ को अफरः अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक
काठमाडौँ । डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ुजेट सेट रिवार्डु नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।
चैत ६ देखि जेठ मसान्तसम्म तीन महिना चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउने छन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट– पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउने छन् ।
यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने छन् ।
शेयर बजारमा १७.३० अंकको गिरावट, सर्वोत्तम सिमेन्टमा ‘नेगेटिभ सर्किट’
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १७.३० अंकले घटेको हो । ०.८५ प्रतिशतले बजार घटेसँगै नेप्से २०१८.३३ अंकमा झरेको छ ।
आज निर्जीवन बीमा समूहबाहेक अरु सबै सूचक राताम्मे भएका छन् ।
आज ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा बढी माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै आज सर्वोत्तम सिमेन्टमा पहिलो पटक नेगेटिभ सर्किट लागेको छ । कारोबार खुला भएको दिनदेखि लगातार पोजेटिभ सर्किट लागेकोमा आज लगानीकर्ताहरुले ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सर्वोत्तम सिमेन्टकै उच्च कारोबार भयो । उक्त कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
संवैधानिक परिषद्को बैठक आज ९ बजे बस्दै
काठमाडौं । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन ।
परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहान ९ बजेका लागि बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन ।
बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुने जनाईएको छ ।
प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।
नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।
प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
आजकै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेको सचिवालयले जानकारी दिएको छ।
पोखराको लेखनाथमा बस दुर्घटना, सडकमा उभियो बस
पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेशमा एमाले गर्दै, एमालेका थपलियाले आजै शपथ लिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जानकारी दिएको छ ।
जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।
स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुने जनाईएको छ ।
थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।
गठबन्धनमा फेरबदल आएसँगै थपलियाले छोटो अर्थात साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।
१० चैतमा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाउँदैछन् ।
एमालेका एक सांसदका अनुसार आज एक जना मात्रै मन्त्री नियुक्त हुने र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुनेछ ।
एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।
१२ सदस्यी मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेको छ ।
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, पाँचै जनाको सनाखत
काठमाण्डौं । त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि गोरखा नगरपालिका ४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटीको मृत्यु भएको हो ।
काठमाण्डौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना ५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल आइपुगिन् बलिउड अभिनेत्री ज्याकलिन
काठमाडौ । ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।
उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपर बन्दैछिन्।
ज्याकलिनलाई त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरेका थिए ।