आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

काठमाण्डौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति भएको छ ।
बुधबार शिक्षा मन्त्रालयमा भएको निर्णायक छलफलपछि शिक्षक र सरकारबीच सहमति जुटेको हो ।
शिक्षकहरूले सहमतिका बुँदा सार्वजनिक गरेका छैनन् । शिक्षकसँग भएको सहमतिबारे निर्णय लिन सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ ।
मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिनेछ । शिक्षकसँगको वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक लगायत सहभागी थिए ।

सानिमा रिलायन्स लाइफको प्रडक्ट एडभोकेटमा न्यौपाने नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रडक्ट एडभोकेटमा नमिता न्यौपाने नियुक्त भएकी छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो ।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध न्यौपाने कोशी प्रदेश योजना आयोग सदस्य, राजनीतिकर्र्मी, समाजसेवी साथै होटेल र मेडिकल व्यवसायी समेत हुन् । उनले आफू विभिन्न भूमिकामा असाधारण योगदान पुर्याएकी छिन् ।
न्यौपाने सानीमा लाइफ इन्स्योरेन्सबाट टिओटी २०२५, टिओटी २०२४, एमडीआरटी २०२३, टिओटी २०२२, सीओटी २०२१, एमडीआरटी २०२० बन्न समेत सफल भएकी छिन् । लगातार सानीमा रिलायन्सबाट आफ्नै कोड र टिम बिजनेसबाट नेपालमा शीर्ष स्थान प्राप्त गर्न सफल भएको उनको प्राय कम्पनीका सबै महत्वपूर्ण योजनाहरूमा विजेता बन्न सफल भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।
सानिमा रिलायन्स लाइफले उक्त बीमा योजना आफ्नो भिन्न उत्पादन रहेको जनाएको छ । सोही बीमा योजनामा नागरिकहरुले प्रवेश गर्न पाउने उमेर हद, बीमा अवधि, उक्त बीमा योजनाका बारेम समेत जानकारी दिएको छ । नेपाली बीमा बजार अनुसार उक्त बीमा योजना ग्राहकहरुको उत्कृष्ट रोजाई बन्ने विश्वास कम्पनीले लिएको हो ।
धनपति बीमा योजनका बारेमा
धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने समेत कम्पनीले जनाएको छ । सोही योजनामा तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ ।
१२ वर्षे
१२ वर्षको बीमांक अधिमा चैथो वर्षमा बीमांकको २५ प्रतिशत रकम बीमितले पाउन सक्नेछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ ।
१५ वर्षे
१५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमांकको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमांको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको छ ।
२० वर्षे
२० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमांको ४० प्रतिशत रकम र बोनस दिइने छ । बीमितलाई रहेक पटक बीमांको जति प्रतिशत बराबर रकम दिए पनि उनलाई सोही बेलामा बीमितले पाउने निश्चित बोनस समेत दिइने जनाइएको हो ।
साथै,धनपति बीमा योजना खरिद गर्नका लागि बीमितको प्रवेश उमेर १८ तथा अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमांक रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ ।
यता, अधिकतम बीमा सामाप्ती उमेर वर्ष भने ६२,६५ र ७० तोकिएको छ । सोही बेलामा बीमा अवधि भने १२ वर्ष १५ वर्ष र २० वर्ष तोकिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ ।
बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन् ।
मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको हो ।
गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरे ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरु प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिश गर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरुका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु प्रकाश ज्वाला, डा।गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा कुमारी भुसाल लगायत सहभागी थिए ।
करिव एक घन्टाको भेटघाटमा नेताहरुबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरुको स्मरण गरिएको थियो ।

ऊर्जाराज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्।
यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए।

सिद्धार्थ बैंकको सहयोगमा विद्यालय भवनको पुनर्निर्माण सुरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ ।
२०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्धारा बन्न लागेको हो । कुल १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष श्री विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं १ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

सिद्धार्थ बैंकको झण्डै ४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

सानिमा रिलायन्स लाइफ लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको सी स्ट्राइक्स (कर्पोरेट महिला क्रिकेट) प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो।
मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो।
सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो। सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन्।
शनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन्। यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन्।
प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन्।
एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो। प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो।

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।
दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराई जनाउँछन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ,’ उनले भने ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

 

आज जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुँदै

काठमाडौं । तराई–मधेश केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ । जनमत पार्टी र नागरिक उन्मुक्ति बीच आज पार्टी एकीकरण हुन लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ । साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ । एकतासँगै यो पार्टी तराई–मधेश केन्द्रित दलको सबैभन्दा ठूलो पार्टी हुनेछ ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।
दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सिटसहित छैटौँ ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को समान हैसियतमा रहनेछ ।

आज बालुवाटारमा सत्तारूढ दलको बैठक ११ बजे बस्दै

काठमाडौ । सत्तारूढ दलहरूको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन लगायतका विषयमा छलफल हुने जनाईएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...