ईदका अवसरमा आज सार्वजनक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

गणतन्त्रको पक्षमा आज देशैभर एमालेको जागरणसभा

काठमाडौं । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा आमजनतालाई सचेत गराउने उद्देश्यले नेकपा (एमाले) ले आज देशैभर जागरणसभा गर्दैछ ।
मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गर्न लागेको जनाईएको छ ।
पछिल्लो समय तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रमअन्तर्गत आज धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा बृहत् मोटरसाइकल र्‍याली आयोजना हुन लागेको हो ।
एमालेले आज (चैत १८ गते) सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्नेछ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने जनाईएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने एमालेले जनाएको छ । आज जागरणसभा नहुने जिल्लामा बृहत् मोटरसाइकल र्‍याली हुने एमालेले जनाएको छ ।
जनसचेतना कार्यक्रमअन्तर्गत एमालेले गत चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
गत चैत ६ गते महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।
यसैबीच, हिजो आइतबार बसेको एमालेको सचिवालय बैठकले शुक्रबार राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भत्र्सना गरेको छ । बैठकले अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषी उपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
विज्ञप्तिमार्फत एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान पनि गरेको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाण्डौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा संसदलाई जानकारी गराउने छन् ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । उनीहरूले घिसिङको बर्खास्तीको विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउाुन पर्ने माग गर्दै आइरहेका छन् ।
यस्तै बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१ पेस गर्नेछन् ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१ पेस गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ

काठमाडौं। राजावादीले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाटभटेनीमा लुटपाट गर्ने उनीहरूलाई सामानसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् ।
यस्तै सुनसरीको धरान घर भई हाल काठमाडौ कोटेश्वर ३२ बस्‍ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्‍ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ८ घर भई हाल कोटेश्वर बस्‍ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्‍ने चित्र माया बस्‍नेत र सिन्धुली तीनपाटनकै चित्र माया बस्‍नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भाटभटेनीबाट लुटेर लगेको सामान समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीवृत बानेश्वरमा बुझाइएको छ ।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ ।
प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानी सम्बन्धी उजुरी दिएका छन् ।
उनको निवेदनमा लेखिएको छ, ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन् । यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पूर्णरुपमा कानुन विपरीत र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान अवहेलना समेत हो ।’
उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।
केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

 

साढे ५ महिनापछि सभापतिको जिम्मेवारीमा फर्किए रवि

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काएको छ ।
आइतबार बसेको रास्वपा सचिवालयको बैठकले साढे ५ महिनापछि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।
उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछाने पार्टीका क्रियाकलापमा सहभागी हुन लागेको जानकारी गराए । ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले गर्नुहुन्छ । दोस्रो बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नुहुन्छ,’ उनले भने ।
सहकारी काण्डमा रवि कात्तिक २ गते पक्राउ परेका थिए भने पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।

नेशनल लाइफ महेन्द्रनगर शाखाद्वारा आयोजित अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको अग्रणि जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम २०८१ महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ ।
करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक नेशनल लाईफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गरेका थिए ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्टको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामिले सहभागीलाई स्वागत मन्तब्य राखेका थिए । पेशागत अभिकर्ता संघ नेपाल सुदुरपश्चिम प्रदेश सचिव धनसिह ठगुन्नाले बीमा पोलिसि र पेशागत हकहितका बारेमा प्रकाश पारेका थिए ।
सफल व्यावशायिक र सक्षम अभिकर्तामा हुनुपर्ने बिशेषताका बारेमा सिनियर बिजनेस म्यानेजर द्वय पुष्पा कुमारि चन्द र नवराज अवस्थिले आफ्नो अनुभव शेयर गरेको अभिकर्ता पुनर्ताजगी कार्यक्रमको संचालन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।
मजबुत र बिस्वाशिलो कम्पनी संग आवद्ध भई काम गर्न आफुलाई निकै सहज र राम्रो भएको कुरा कार्यक्रममा सहभागीले अभिकर्ता बिजनेस अफिसर द्वय मिना खरेल र द्रोपति भट्टले जनाईन ।

सेयर बजारमा २९.८२ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । सेयर बजारसँगै कारोबार रकम समेत बढ्न थालेको छ । आज बजार २९.८२ अंकले बढेर परिसूचक २६९३.१२ बिन्दु कायम भएको छ ।
३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएकोे छ । कारोबारमा जोशी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, गुँरास लघुवित्त, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सयपत्री हाइड्रो, सामुदायिक लघुवित्त, बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले गुमाएका छन् ।

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका अस्पतालमा बेबी वार्मर प्रदान

काठमाडौ । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ।
बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा पनि बेबी वार्मर प्रदान गरेको हो ।
बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ ।
दार्चुला जिल्लाको लेकम नगरपालिका–२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका–५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।
बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा बेबी वार्मर जडान गरेको छ ।
बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन् ।
बैंकले १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको जनाएको छ ।

यी प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...