ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका अस्पतालमा बेबी वार्मर प्रदान

काठमाडौ । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ।
बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा पनि बेबी वार्मर प्रदान गरेको हो ।
बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ ।
दार्चुला जिल्लाको लेकम नगरपालिका–२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका–५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।
बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा बेबी वार्मर जडान गरेको छ ।
बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन् ।
बैंकले १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको जनाएको छ ।

LEAVE A REPLY