मन्त्रिपरिषद् हेरफेर गर्न ओली र देउवा छलफल गर्दै

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल गर्न लागेका छन् ।
नीहरूबीच साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ । उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने जनाइएको छ । तर दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने जनाईएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रिपरिषद् हेरफेर गर्ने पक्षमा छन् भने देउवाले चाहेका छैनन् ।
प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेका छन् । यही एजेन्डासहित उनले कांग्रेस सभापति देउवासँग पनि छलफल गर्ने प्रधानमन्त्री निकट एक नेताले जनाए ।

प्रदेश प्रमुख देवकोटा अस्वस्थ, बागमतीका ३ मन्त्रीको शपथ स्थगित

मकवानपुर । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।
सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् (ुआज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। ु
ओली थप लेख्छन् (ुजसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ।

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’ सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ ।
जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्।
यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली भएको र जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ।
बैंकले ‘इन्स्टा ईएमआई’सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकवर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको पनि जनाएको छ । यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने बैंकको भनाइ छ ।
सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

शेयर बजारमा ४७.९३ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजार बढेर हिजो ३ हनार बिन्दु पार गरे पनि आज फेरि उच्च अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.९३ अंकले तल झरेको हो । १.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९५४.१४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि अन्य समूह ०.८५ प्रतिशतले बढेको छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८.५२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालय रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ३२ करोड १२ लाख १८ हजार १ सय ९५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १८.४४ अंकले बजार घट्दा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ३७.५१ रुपियाँ, सोमबार ७.१० अंकले बजार बढ्दा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४.२९ रुपियाँ र हिजो मंगलबार ३०.७६ अंकले बजार बढ्दा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८ सय ८५.९३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

दरमखोला हाइड्रोको आईपीओ विहीबारदेखि निष्काशन खुला

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गते बिहीबारदेखि साउन १९ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, सर्वसाधारणसमा निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयरका लागि आमसर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
उक्त आईपीओ २ लाख ४२ हजार २ सय १३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

 

प्रभु महालक्ष्मी लाइफको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ सम्पन्न भएको छ। चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म ५ दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा देशैभरीका ११५ शाखाका शाखा प्रमुख र केन्द्रीय कार्यालयबाट व्यवस्थापन समूहको सहभागीता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले सबैको मिहिनेतले गत आर्थिक वर्ष २०८१, ८२ मा व्यवसाय वृद्धिका हिसाबले नेपाली बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफलाई अब्बल साबित गर्न सहयोग गरेकोमा सबै शाखा प्रमुख, कर्मचारी, अभिकर्ता, व्यवस्थापन समूह, संचालक समिति लगायतलाई धन्यवाद व्यक्त गरेका थिए।
कम्पनीलाई विश्वास गरी बीमा गरेका सम्पूर्ण बीमितलाई धन्यवाद दिंदै विश्वासलाई जिम्मेवारीको रूपमा ग्रहण गर्ने जनाए। त्यसैगरी आर्थिक वर्ष २०८२–८३ को व्यवसायी लक्ष्य र उक्त लक्ष्य हासिल गर्ने कम्पनीको रणनीति प्रस्तुत गर्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिए।
यस कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विधामा कर्मचारीहरूलाई अवार्ड, प्रमाण पत्र सहित सम्मान गरीएको थियो।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरेका थिए। कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आर्थिक वर्ष २०८२, ८३ मा अझ सशक्त र आक्रामक बजार विस्तार गर्ने व्यवसायीक रणनीतिको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायका समस्या, सोको समाधान, व्यवसाय विस्तारको कार्यगत रणनीतिका बारेमा व्यवहारीक तालीम समेत दिएका थिए। साथै कार्यक्रममा प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।

 

बागमतीमा कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ।
नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो। हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो।
संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन्। निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ। मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ।
त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ। निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन्।

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सूनामीको चेतावनी

काठमाण्डौं । रुसको पूर्वी कामचाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि सूनामीको चेतावनी जारी गरिएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र रुसको पेट्रोपाभ्लोभ्स्क–कामचाट्स्की सहरबाट १३६ किलोमिटर पूर्वमा रहेको छ ।
भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले सूनामीको चेतावनी जारी गर्दै करिब १ मिटर अग्ला छाल आउन सक्ने जनाएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले पनि हवाई राज्यका लागि सुनामी वाच घोषणा गरेको छ।
कामचाट्का प्रायद्वीप नजिकै दशकौंपछि आएको शक्तिशाली भूकम्पपछि हालसम्म कुनै घाइते नभएको जानकारी दिइएको छ। तर सकालिन क्षेत्रको एउटा सानो सहर सेभोरो–कुरिल्स्कमा सुनामी चेतावनीपछि खाली गराइएको छ।
कामचाट्का प्रदेशका गभर्नर भ्लादिमिर सोलोडोभले भूकम्प शत्तिशाली रहेको जनाउँदै पछिल्ला दशकौंकै सबभन्दा भयंकर रहेको जनाएका छन् ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...