दरमखोला हाइड्रोको आईपीओ विहीबारदेखि निष्काशन खुला

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गते बिहीबारदेखि साउन १९ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, सर्वसाधारणसमा निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयरका लागि आमसर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
उक्त आईपीओ २ लाख ४२ हजार २ सय १३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

 

LEAVE A REPLY