लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाईने

काठमाडौं । कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाइएको छ । मन्त्रिपरिषद् बैठकले हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ ।
तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । दुर्गा प्रसाईंका अङ्गरक्षकले बोकेका हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको थियो । प्रसाईंलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ ।।

प्रभु बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट पुरस्कृत

काठमाडौं । प्रभु बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत भएको छ ।
बैंकले इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।
बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङको सरल र सहज सुविधा ग्राहकले प्राप्त गरेको सन्तुष्टी भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘यो अवार्डले हामीलाई आगामी दिनमा ग्राहकको सहभागितालाई अझै व्यापक गराउन र उहाँहरुलाई थप सेवा र सुविधा प्रदान गर्न उत्साहित बनाएको छ ।’ उनले भनेका छन, ‘हामी आगामी दिनमा ग्राहकलाई उत्कृष्ट सेवा दिन थप प्रडक्ट ल्याउने योजनामा छौँ ।’
बैंकले पछिल्लो समय आफ्नो सेवा र सुविधालाई व्यापक बनाउँदै आफ्ना ग्राहकलाई सरल तरिकाले बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जानकारी दिएको छ ।
मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ ।

बजेट ल्याउनुपर्ने भएकाले मेयर बालेनको सिंगापुर भ्रमण रद्द

काठमाण्डौं । नेपाल सरकारले काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को सिंगापुर भ्रमण स्वीकृत गरे पनि मेयर शाह स्वयंले भ्रमण रद्द गरेका छन् ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्र्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले मेयर शाहको भ्रमण कार्यक्रम स्वीकृत गरेको जनाएकी थिइन् ।
लगत्तै मेयरका स्वकीय सचिव भूपदेव शाहले भ्रमण रद्द गरिएको जानकारी दिए । बजेट ल्याउनुपर्ने बेला भएकाले सिंगापुर नजाने निर्णय गरिएको उनले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन शाहलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

सिंहदरबारमा प्रचण्ड, ओली र माधवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
तीनजना शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो । माधव नेपाल बूढानीलकण्ठ पुगेर विपक्षी दलको बैठकमा सहभागी भएपछि तीनजना शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामायिक विषयवस्तुमा छलफल भएको जनाईएको छ ।
माधव विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएको छ भने माधवले पनि गठबन्धनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर

Former U.S. President Donald Trump attends the Trump Organization civil fraud trial, in New York State Supreme Court in the Manhattan borough of New York City, U.S., November 6, 2023. Eduardo Munoz/Pool via REUTERS

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।
उनी २०१६ मा ह्वाइट हाउस आउनुअघि पूर्वपोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।
ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन । यद्यपि ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको जनाएका छन ।
ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले यो लाजमर्दो कुरा भएको जनाउँदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा सञ्चालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन ।
उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्‍याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौँ । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौँ ।’
अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको जनाएका छन ।
अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तुलसीपुर । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

चार संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरुको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । यस बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरु तथा सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती र अवसरबारे छलफल हुनेछ ।

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा फेरि अस्विकार

काठमाडौं । क्रकेटर सन्दीप लामिछानेलाई अमेरिका प्रवेशाज्ञा दिन अमेरिकाले फेरि पनि अस्विकार गरेको छ । टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्न जानका लागि सन्दीपले दिएको आवेदन यसअघि पनि अमेरिकी दुतावासले अस्वीकार भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई आज अन्तरवार्तामा बोलाएको थियो ।

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच यस्तो सहमति भएको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
सहमतिमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन।
सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ। १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।
३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन्।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...