डिजेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । जसअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य बढेको छ ।
निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।

आगामी निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थपिए

काठमाडौं । आगामी निर्वाचनका लागि १६८ वटा मतदानस्थल थपिएका छन् ।
आज निर्वाचन आयोगले १६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो।
आयोगले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज पनि गरेको छ । १६८ नयाँ थपिएसँगै देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको हो।

कर्णालीमाथि काठमाडौंको सानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी भएको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ ।
काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान शून्य रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।
कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए ।मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक, एक विकेट लिए ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स र भेटायो बीच सहकार्य

काठमाडौं । होम आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।
हिमालय एभरेष्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर–जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ ।
यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ । यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ ।
भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्द्रमा राखेको छ । ‘दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित’ रहुन भन्ने चाहाना रहेको भेटायोका सहसंस्थापक, रोचन मान महर्जनले उल्लेख गरे ।
यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ ।
भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्‍याएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तैः प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू ।

शेयर बजारमा २६.५१ अंकको गिरावट, सात अर्ब बढीको कारोबार

काठमाडौं । गत साताका पाँचै दिन बढेको शेयर बजार यो साताको पहिलो दिन आज करेक्शन देखिएको छ । बजार घटेसँगै कारोबार ७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.५१ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४९.५२ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक समूह र म्यचुअल फण्ड क्रमशः ०.७३ र ०.०४ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३४२ कम्पनीका १ करोड ५७ लाख ३६ हजार ३ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४ सय ३३.६० रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी ऋणपत्र, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एनएमबि ऋणपत्र २०९० का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ५ लाख ५९ हजार ९ सय ४७.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

हायात प्लेस बुटवल औपचारिक सञ्चालनमा, साढे तीन अर्ब लगानी, चाँडै क्यासिनो सञ्चालन

काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवल औपचारिक सञ्चालनमा आएको छ । गत महिना ‘सफ्ट ओपनिङ’ भएको यो होटल पूर्ण सञ्चालनमा आएको हो ।
औद्योगिक नगरी बुटवलमा तीन अर्ब ५० करोड रुपियाँ लगानीमा यो पाँचतारे होटल सञ्चालनमा आएसँगै नेपाल घुम्न र गौतम बुद्ध जन्मस्थल घुम्न आउने अन्य देशका पर्यटकहरुले अमेरिकी चेन ब्राण्डको होटलको सुविधा उपयोग गर्न पाउने भएका छन् । यो होटल बुटवल क्षेत्रकै सबैभन्दा ठूलो होटल हो ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि निर्मित यो होटलमा क्यासिनो पनि सञ्चालन गर्ने योजना छ । दश तले यस होटलमा १०९ कोठा, स्विमिङ पुल, सम्मेलन तथा बैठक कक्ष आदि सुविधा र संरचना छन् । यशोदा फुड्स ग्रुपको मुख्य लगानी रहेको यस होटलमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानीको लगानी रहेको छ । यशोदा फुड्लो लोकप्रिय उत्पादन करेन्ट चाउचाउ हो ।
पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको सो होटलले जनाएको छ ।
यस होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ–फाइ तथा २४ सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन् ।
यसलाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको भँखै हायात प्लेस बुटवलले यसमा आराम र काम बीचको सन्तुलन पाउन सकिने जनाएको छ ।
होटेलमा किङ्ग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन् । यस होटेलको मुख्य आकर्षण भनेको एक हजार ५६० वर्ग फिट (१४५ वर्ग मिटर)मा फैलिएको प्रेसिडेन्सियल सुइट हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्दछ भन्दै सो होटलले आफ्नो विज्ञप्तिमा होटलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध रहेको जानकारी दिएको छ ।
‘हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ’ भन्दै होटलका महाप्रवन्धक तुषार नगर भन्छन्, ‘हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ। पाहुनाहरू यहाँ काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आउनुभएको होस्, हामी हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ। हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ।’
शिकागोमा मुख्यालय रहेको हायात होटेल्स कर्पोरेसन विश्वभर ४४० भन्दा बढी स्थानहरूमा नेटवर्क रहेका छन् ।
हायात प्लेस बुटवलका विशेषताः
– सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका १०९ फराकिला गेस्टरुमहरू, जसमा कोजी कर्नर सोफा–स्लिपर बेड समेत रहेको छ।
– सबै पाहुनाहरूको आवश्यकता अनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट।
– दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने द मार्केट।
– विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइने जिङ बार ।
– पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने नेसेसिटिज कार्यक्रम ।
– होटेल र कोठाहरूमा निःशुल्क वाइ–फाइ ।
– पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तैः आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया)।

एनएमबि बैंकले डिजिटल नेपालको लागि शुरु गर्यो नयाँ पेमेन्ट गेटवे

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।
यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्डमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन् । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।
पेमेन्ट गेटवेमा थ्रीडी सेक्युअर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ । सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर, यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ । आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् ।
बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।

सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि केन्द्रीय बैंकले नीति सार्वजनिक गर्नुअघि सोही दिन संचालक समितिको बैठक बोलाएको छ।
प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि राष्ट्र बैंकले पहिलोपटक मौद्रिक नीति ल्याउन लागेको हो। मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर विश्व पौडेलले सरोकारवाला निकायका प्रतिनिधि र अर्थमन्त्री रामेश्वर खनालसँग विभिन्न चरणमा परामर्श गरिसकेका छन्।
यो वर्षको मौद्रिक नीतिमा लघुवित्त संस्थाहरूलाई लाभांश वितरण गर्ने व्यवस्थाको पुनरावलोकन गर्ने र बैंकहरूको सेयर खरिद–बिक्रीमा राखिएको सीमा समेत हटाउने तयारी भएको स्रोतले जनाएको छ ।

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ ।
आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।
विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।
विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ३ः३० बजे सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलमा एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन कर्णालीलाई आज जित्नैपर्ने बाध्यता छ ।
यता, करण केसीको नेतृत्वमा रहेको काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा छ । पाँच खेलमा तीन वटा खेल जितेको काठमाडौंलाई प्लेअफको यात्रामा पुग्नका लागि पनि आजको खेल महत्त्वपूर्ण छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...