आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल–मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ ।

डिएभीले आयोजना गरेको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न

खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको पाचौँ डि.ए.भी. अन्तर कलेज फुटसल प्रतियोगिता यही मिति २०८०–१०–१३ गते संस्थाका अध्यक्ष श्री अनिल केडियाको उपस्थितिमा भव्यताका साथ शुभारम्भ गरिएको थियो । कलेजको आफ्नै फुटसल मैदानमा ४२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया, त्यस्तै मुख्य अतिथिका रूपमा नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी श्री प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपल श्री सुमन बस्नेत ले समुद्घाटन गर्नुभएको थियो । उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा केडिया अर्गनाइजेशनका कर्पोरेट मार्केटिङ प्रमुख श्री राजकुमार शाह, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष श्री महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठको उपस्थिति थियो । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता ंं सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतले गर्नुभयो । साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया, कलेजका प्रिन्सिपल श्री सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष श्री महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा विजेता टिम विनायक सिद्ध कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम कुमारी एकेडेमी लाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल , उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद रू.१५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।

निराशा र आक्रोश अरूमाथि थोपरेर देश नबन्ने ओलीको धारणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर देश नबन्ने जनाएका छन ।
सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीको धारणा छ । ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन ।
व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उनले प्रष्ट पारेका छन । ‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीले भनेका छन ।
देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उनले स्पष्ट पारेका छन । अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गरेका छन । ‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौँ, देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ’, ओलीले लेखेका छन ।
देशमा अहिले काम गर्ने सक्रिय उमेरेको ६० प्रतिशत जनशक्ति भएकोले देश बनाउने उचित समय यही भएको उनले उल्लेख गरेका छन । ‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो, सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ ।’ अध्यक्ष ओलीले भनेका छन ।

सडक दुर्घटनामा पूर्व मन्त्री पौडेलको मृत्यु

काठमाण्डौ । बागमती प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

शेयर बजारमा २१.६७ अंकको गिरावट, सवा ५ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । केही दिन देखि निरन्तर बढिरहेको शेयर बजार आज करेक्शन आएको छ । बजार तल झरेसँग नेप्से पुनः २१ सय अंकबाट तल झरेको छ । कारोबार रकम भने उत्साहजनकनै छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.६७ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०९७.९३ अंकमा ओर्लिएको छ ।
आज ३१३ कम्पनीका १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सामलिङ पावर र मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.८७ र ९.६७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ र हिजो मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

यू–१९ विश्वकपमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १ः४५ बजे सुरु हुनेछ।
विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो। समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो।
सुपर सिक्सको यात्रा तय गर्दासम्म नै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नेपाल बंगलादेशलाई पनि हराएर आफ्नो सनसनीपूर्ण यात्रालाई जारी राख्न चाहन्छ।
बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराए पनि सेमिफाइनलको सम्भावना भने लगभग समाप्त भइसकेको छ। सुपर सिक्सको समूह ‘एक’ मा रहेका भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपालका लागि सेमिफाइनलको यात्रा समाप्त भएको हो।
सुपर सिक्सअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई २१४ रनले पराजित गर्‍यो। यस्तै, पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गर्‍यो। सुपर सिक्सको समूह ‘एक’मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ।
समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो। समूह चरणमा भारत र पाकिस्तान सबै ३ खेल जितेका थिए।
विश्वकप खेलेका १६ टोलीलाई सुरुमा ४ समूहमा विभाजन गरिएको थियो। ४ समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुगेका थिए। सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन्। सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन्।

यू १९ विश्वकपमा बुधवार बंगलादेशसँग नेपाल भिड्दै

काठमाण्डौ । आईसीसी यू १९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानलाई हराउदौ ‘सुपर सिक्स’ मा पुगेको नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार बुधवार दिउँसो पौने २ बजे सुरु हुने भएको हो ।
समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको थियो । बुधवार हुने खेल अन्तर्गत बंगलादेशलाई हराएर सेमिफाइलनमा पुग्ने सम्भावना कायम राख्ने दाउमा नेपाल छ ।
त्यस्तै बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा नेपाललाई पराजित गरेर सेमिफाइनलको बाटो खुला गर्न चाहन्छ । यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । त्यस्तै ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भारतसँग खेल्नेछ ।

असन्तुष्ट जनता जस्तो खतरनाक कोही नहुने ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने जनाएका छन ।
मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने जनाए । ‘असन्तुष्टि बढ्दै गएर आक्रोस बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले टिप्पणी गरे ।
ओलीले देश भावनाले चल्ने विषय नभएको प्रष्ट पारे । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने ।
माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले जनाए । माओवादीले गलत गरेको कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ । ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको जानकारी दिए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारे ।
ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको जनाए । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले जनाए । राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीको भनाइ छ ।
आफूले संसदमा बोल्दा देश प्रति र जनता प्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले जनाए । आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठिक बिचारका साथ बोलेको उनले स्पष्ट पारे । आफूले निष्ठाका साथ राजनीति गरेको उनले दाबी गरे । आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले जनाए । देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उनले प्रष्ट पारे ।
ओलीले देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको जनाए । नेपाल भन्दा साना र ठुला सबै देशले प्रगति गरेका उनले सुनाए । नेपाल उर्वर भूमि भएकोले जसरी पनि बन्न सक्ने उनले जनाए । त्यसकालागि राष्ट्रिय विश्वासको खाँचो भएको ओलीले औँल्याए । ‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ’, उनले भने । बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने ओलीले जनाए । युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनु पर्नेमा उनले जोड दिए ।
केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकोले त्यस्तो अवस्था देश नै असफल हुनसक्ने तर्फ उनले सचेत गराए । भ्रष्टाचार न्यूनता, दृढ सङ्कल्प, राष्ट्रिय दृढता र आत्मविश्वास साथ लाग्दा देश बस्न समय नलाग्ने उनले जानकारी दिए ।

सानिमा रिलायन्स लाईफको बिमा सचेतता कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम
सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना
विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख
बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक
टंक प्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो ।
कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको
आवश्यकता  र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...