रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाण्डौं । निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । ।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपा सांसद दीपक बोहराको निधन भएपछि खाली रहेको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोग आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै राजिव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद रहेको मनाङ क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले उपनिर्वाचनको मिति तोकिएको छैन ।
मनाङे कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

सेभिया (स्पेन) । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।

बुंगल हाइड्रोले २९ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २९ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता रु. १०० अंकित मूल्यमा २९ करोड ५ लाख रुपियाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
यसअघि नै कम्पनीले हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सेयर बजारमा ९ अंकको सुधार, साढे ६ अर्बको कारोबार

काठमाण्डौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ । यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ । आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो ।
आज साहस उर्जा लिमिटेड, सानीमामाई हाइड्रो पावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ ।
यसदिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । धौलागरि लघुवित्त वित्यि संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ ।
यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रो पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको शेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ ।

सुर्यज्योति लाइफ र सुनौलो बचत तथा ऋण सहकारी संस्थाबीच ऋणी बीमा सम्झौता

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखा चितवन र सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. कालिका–६, चितवनबीच ऋणी बीमा सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सुर्यज्योति लाइफ नारायणगढ शाखा प्रमुख सुरेन्द्र गिरी, सुनौलो सहकारीका अध्यक्ष दीपक थापा मगर, सुनौलो सहकारीका व्यवस्थापक अनोज ढकाल, सञ्चालक समिति सदस्य मोतीराम चौधरी, ऋण अधिकृत बुद्धि गुरुङ तथा सुर्यज्योति लाइफका एजेन्सी म्यानेजर सन्देश तामाङको उपस्थिति रहेको थियो ।
उक्त सम्झौताले दुवै संस्थाबीचको सहकार्यलाई अझ बलियो बनाउने कम्पनीले विश्वास लिइएको छ ।

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो ।
इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।
बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बन जस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।

देशका अधिकांश स्थानमा ठूलो वर्षा हुने

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।
सोमबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

स्पेनको सिभिल सोसाइटी फोरममा प्रधानमन्त्रीको सम्बोधन, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा जोड

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । स्पेनमा सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई आइतबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासशील देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिएका हुन् ।
उनले विकास सहयोग, ऋण दिगोपना र अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने जनाए ।
‘तपाईंहरू यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो। तपाईंहरूको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ। समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ। यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु।’
नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने जनाउँदै उनले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन प्रधानमन्त्रीले आह्वान गरे।
स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवं विकासका लागि स्रोतहरूको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने जनाए।
नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ले स्वीकार गर्नेछ।

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा छलफल हुनेछ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।
उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

 

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...