काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।
अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।
बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २०९ पुग्यो
विरोधका लागि मात्र विरोध भइरहेको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको टिप्पणी गरेका छन ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जास्पद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले विरोधका लागि विरोध गरिएको जवाफ दिएका छन ।
उनले भने, ‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना, प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैन । पहिरो पनिपूर्व सूचनादिएर जाँदैन् । पहिरो गएपछि त क्षति पु¥याउने नै भयो ।यस्तो संवेदनशील बेलामासबै मिलेर यथार्थ परक ढंगले लाग्नुपर्छ । ’
उनले आफू बाहिर हुँदापनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे । अब सरकारले अझ प्रभावकारी ढंगले राहत,उद्दारको र पुननिर्माणको काम गर्ने उहाँको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाण्डौं । चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १, डिजेलमा २, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा २ रुपैयाँ घटाइएको जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जानकारी दिएको छ ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसूस गर्ने विश्वास गरिएको छ । आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
ग्लोबल आइएमईका ग्राहक र तिनका परिवारलाई बुद्ध एयरमा आठ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।
उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।
समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरीदमा आठ प्रतिशत छुट पाउनेछन् ।
साथै, आन्तरिक विमानस्थलहरुमा रहेका बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले पनि आठ प्रतिशतको छुट पाउने बैंकले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिधा कुरा डटकमका सम्पादकसहित तीन जनालाई कैद सजाय
काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।
सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन तीन महिना कैद सजाय सुनाएको हो ।
त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको हो । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनस् त्यस्तो कार्य नदोहोर्याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।
अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले डार्क फाइल्सु नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।
सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो ।
यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।
बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना बेपत्ता
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।
यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।
३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ ।
त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् ।
गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई कलेज अफ मेडिकल साइन्समा विशेष छुट
चितवन । भरतपुर महानगरपालिका १० स्थित रहेको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेड बीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार प्रभु बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै, एक्स रे र यूएसजिमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
एनएमबी बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन
काठमाडौं । एनएमबी बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै आइतबार विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायकामा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एनएमबी बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाईसमेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराए । साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्व बारे जानकारी प्रवाह गरिएको थियो ।
दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित भएको एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि सोही पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गरेका थिए ।
नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।