पशुपतिमा गहना लुटेको आरोपमा दुईजना भारतीय पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको गरगरहना लुटपाटमा संलग्न दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमार रहेका छन् ।
उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार पनि बरादम गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमनको रेकर्ड झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा. कँडेल बेलायत गएको २०१५ देखि ९ वर्षसम्म बेलायत–नेपाल आवत जावतको प्रमाणित अभिलेख मगाएको हो ।
शर्मा र पोखरेलेको संयुक्त इजलासले कँडेललाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल पनि झिकाउने आदेश गरेको छ । सोमबार नै भएको उक्त आदेशको पाठ सर्वोच्च प्रशासनले आज सार्वजनिक गरेको हो ।
कँडेलको महान्यायाधिवक्ता बन्न आवश्यक पर्ने ‘निरन्तर वकालतको १५ वर्ष नपुगेको’ भन्दै योग्यतामा प्रश्न उठाएर रिट दायर भएका छन् । अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले कँडेलको त्यो योग्यता नपुगेका कारण नियुक्तिको निर्णय बदरको माग गर्दै नियुक्ति गर्ने राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
संविधानतः महान्यायाधिवक्ता हुन सर्वोच्चको न्यायाधीशसरहको योग्यता आवश्यक हुन्छ । नेपालको संविधानको धारा १२९(५) ले अधिवक्ता भई निरन्तर १५ वर्ष वकालत गरेको व्यक्ति सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य हुने व्यवस्था गरेको छ । संविधानको धारा १५७(३) मा महान्यायाधिवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको हुनुपर्ने उल्लेख छ ।
कँडेलले भने आफूले ०६० सालदेखि निरन्तर वकालत गरिरहेको दाबी अदालतमा पेस गरेको लिखित जवाफमा गरेका छन् ।
गत निर्वाचनपछि रास्वपाको सरकार बनेपछि प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एमव् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो।
पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सम्पत्ति शुद्वीकरण कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

नेपाल लाइफको अर्को कीर्तिमान, उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि गोल्ड अवार्ड

काठमाण्डौ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेका बेला अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत प्रतिष्ठित गोल्ड अवार्ड जित्दै वित्तीय पारदर्शिता, सुशासन र संस्थागत उत्तरदायित्वमा आफ्नो नेतृत्व पुनः स्थापित गरेको हो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८१, ८२ को वार्षिक वित्तीय प्रतिवेदनको मूल्याङ्कनका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल ले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।
आईक्यानका अनुसार उत्कृष्ट वार्षिक प्रतिवेदन, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयन तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई गोल्ड अवार्ड प्रदान गरिएको हो।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको जनाउँदै यसले कम्पनीलाई अझ उच्चस्तरको पारदर्शिता, सुशासन र उत्कृष्ट सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा र जिम्मेवारी दिएको प्रतिक्रिया दिए। उनले कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
चैत मसान्त २०८३ सम्म कम्पनीले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरेको, २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको र हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ। त्यस्तै, नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको कम्पनीले जनाएको छ।
नेपाल लाइफले इक्रा नेपालबाट ‘एए’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी भएको दाबी गर्दै देशभरका ७७ जिल्लामा रहेका १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता मार्फत सेवा विस्तार गरिरहेको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि विश्वास, पारदर्शिता र उत्कृष्ट सेवालाई केन्द्रमा राखेर नेपाली नागरिकको आर्थिक सुरक्षामा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बीपीए गोल्ड अवार्डमा नबिल बैंकको ‘ह्याट्रिक’

काठमाडौं । नबिल बैंकले लगातार तेस्रोपल्ट बीपीए गोल्ड अवार्ड पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकलाई नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड (बीपीए अवार्ड, २०२५) अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित गरेको हो ।
बैंकले यसअघि लगातार दुईपल्ट यही अवार्ड पाएको थियो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा आईक्यानका अध्यक्ष निल वहादुर सारुले बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई उक्त अवार्ड प्रदान गरे ।

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको हो । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्दी्रय विभागका प्रमुख, प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि शिक्षा, स्वास्थ र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत बैंकले सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम ॐ समाज डेन्टल हस्पिटल प्रालिमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैंकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १५ देखी २५ प्रतिशत सम्म छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ॐ समाज डेन्टल हस्पिटल प्रालिले प्रदान गर्ने दन्त तथा मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ । नेपालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले जनाएको छ ।

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
मंगलबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्को पेनाल्टी सुटआउटमा ३–२ अन्तरले विजयी भएको छ ।
खेलको ७२ औं मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १–१ को बराबरी बनाए ।
निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ ।

ट्रम्पको दाबी– आज कतारमा अमेरिका–इरान वार्ता हुन्छ, इरानले गर्‍यो अस्वीकार

काठमाडौं । अमेरिका र इरानबीच हालैको तनावको बाबजुद पनि शान्ति वार्ताका लागि कूटनीतिक प्रयासहरू जारी छ । दुई देशबीचको अर्को चरणको वार्ता आज मंगलबार कतारको राजधानी दोहामा हुने दाबी गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अनुरोधमा आज दोहामा वार्ता हुने दाबी गरेका छन् तर इरानले उक्त दाबीलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले अहिलेको वार्ता अर्को पक्षको प्रतिबद्धताहरूको कार्यान्वयन सुनिश्चित गर्ने मुद्दामा केन्द्रित रहने जनाएका छन् ।
यसैबीच, वार्तालाई केन्द्रमा राख्दै दुवै देशले अहिले एकअर्कामाथि आक्रमण रोकेका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार, मध्यस्थता गर्ने देशहरूले हर्मुजको जलडमरूमको सम्बन्धमा कुनै पनि तनावपूर्ण अवस्थालाई बढ्नबाट रोक्न दुवै पक्षबीच वार्तालाई सक्रिय पारेका छन् ।
यसपटकको मुख्य वार्ता हर्मुज जलडमरूको व्यवस्थापन र क्षेत्रीय तनाव कम गर्नेमा हुनेछ । जुन १७ मा दुई देश ९अमेरिका र इरान०ले १४ बुँदे शान्ति समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा

काठमाण्डौं । ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलमा ब्राजिल विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
ब्राजिलले सोमबार ह्युस्टनमा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा जापानलाई २–१ गोलले पराजित गर्‍यो ।
खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए । ५ पटकको विजेता ब्राजिलले क्वाटरफाइलनमा स्थान पाउन नर्वे र आइभोरी कोस्टको विजेतासँग अन्तिम १६ मा खेल्ने छ । ब्राजिलले सन् २००२ यता विश्वकपको उपाधि जित्न सकेको छैन ।
काइसु सानोले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै जापानलाई २९ औं मिनेटमा अग्रता दिलाएका थिए । मध्यभागबाट ब्राजिली खेलाडीको खुुट्टाबाट बल लिँदै उनले एक्लै अगाडि बढाएर पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारमा विपक्षी गोलरक्षक एलिसन बेकरलाई मौका नदिई गोल गरेका थिए ।
ब्राजिलले ५६ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ग्याब्रियलको क्रसमा कासेमिरोले हेड गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याएका थिए ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...