नेपाल प्रहरीका दुई डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

 

तिहारमा जति बिजुली प्रयोग गर्दा पनि लोडसेडिङ नहुने कुलमानको दाबी

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति विद्युत खपत गरेपनि लोडसेडिङ नहुने दाबी गरेका छन ।
उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे । यस वर्षको तिहारमा देशभित्र पुग्ने विद्युत उत्पादन भइरहेको र तिहारमा आयात पनि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । सकेसम्म तिहारमा देशभित्रको खपत पुर्‍याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनले जनाएका छन् ।
घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही जलविद्युत आयोजनामा ठूलो क्षति गरेको र अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने जानकारी दिएका छन् । अहिले २१ सय मेगावट क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन घटेर १९ सय मेगावाटमा झरेको छ ।
यस वर्ष बाढीपहिरोले जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ ।

 

साफ महिला च्याम्पियनशिपको फाइनल आज, उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौं । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेशबिचको खेल बुधवार हुँदैछ ।
खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बाङ्लादेशसँग बुधवार भिड्दै छ ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् ।
नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।
नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बङ्गलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो ।
नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ । लगातार दोस्रो संस्करण भारतबिना फाइनलमा हुँदैछ।
यसअघि सेमिफाइनलमा नेपालले भारतमाथि जित रच्दा विवादास्पद र तनावपूर्ण रहेको थियो । नेपालकी कप्तान तथा गोलकिपर एन्जिलाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने जनाईन ।
फाइनलअगाडि पत्रकार सम्मेलनमा एन्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन् ।

आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम जनाउँछन । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उनले जानकारी दिए।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

 

आज बालुवाटारमा ‘१० हजार मानिस’ उतार्ने रास्वपाको लक्ष्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको छ । पार्टीले सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।
सोही क्रममा आज बालुवाटार स्थित नेपाल हाउसमा भेला भएर रास्वपाले आन्दोलन गर्दैछ । चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली लिएर नेपाल हाउस पुग्ने पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यी सबै स्थानबाट ११ बजे र्‍याली निकालेर १२ बजे नेपाल हाउस पुराउने उनले जनाए ।
‘कति मानिस आउनुहुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न । तर‚ हामीले १० हजार मानिस उतार्ने लक्ष्य लिएका छौँ‚’ उनले भने ।
झाका अनुसार विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ । यस्तै वाग्मती प्रदेश सभापति अच्यूतम लामिछाने‚सुमना श्रेष्ठ‚ सन्तोष परियार‚ डिपी अर्याल र स्वर्णीम वाग्लेलाई तोकिएको र आन्दोलनलाई उनीहरूलेनै सम्बोधन गर्ने झाले जानकारी दिए ।

 

मन्त्रिपरिषद्को बैठक ५ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजे सिंहदरबारमा बस्नेछ । हिजो सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको हो ।
आजको बैठकमा समसामयिक विषयका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाईएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने जनाईएको छ ।

कीर्तिपुर अस्पताल पछाडि एक महिला मृत फेला

काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।
कीर्तिपुर नगरपालिक २ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल राखिएको छ । यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।

 

बारामा अज्ञात समूहद्वारा एक जनाको हत्या

बारा । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।
महागढीमाई नगरपालिका १ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य १४ सय बढ्यो

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो ।
शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...