नेदरल्यान्ड्सले दियो नामिबियालाई २४८ रनको लक्ष्य

 

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ।
टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो।
नेदरल्यान्ड्सका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे। उनले ४९ बलमा शतक पूरा गरेका हुन्। उनले ६२ बलमा १३५ रन बनाए। साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए।
बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए। पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए।
टी–२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो। यसअघि टी–२० खेलमा यो मैदानमा २३८ रनको उच्च स्कोर बनेको थियो।

सकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको प्रधानमन्त्रीको टिप्पणी

काठमाण्डौ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको टिप्पणी गरेका छन ।
बिहीवार चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने जनाएका हुन ।
‘पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ । अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरुरी छ ।’, उनले भने ।
त्यस्तै उनले सकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको स्वीकारेका छन्। ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौँ। एकवर्षसम्म मोटामोटी ढंगले हामी ठिकठिकै ढंगबाट जान्छौँ भन्ने नै थियो। तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

उपनिर्वाचन ः फागुन २८ गते मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।
आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो । मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।
उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने आयोगले जनाएको छ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने जनाईएको छ ।
अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ ।

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाण्डौ । नेदरल्यान्ड्सविरुद्धको टी २० खेलमा नेपाल दुई रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाएको हो।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

 

शेयर बजारमा ०.८७ अंकको गिरावट,नेप्से २०००.७७ अंकमा रोकियो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । आज बजार ०.८७ अंकले तल झरेको हो । ०.०४ प्रतिशत बजार घट्दा नेप्से २०००.७७ अंकमा अडिएको छ ।
आज ३०८ कम्पनीको ५१ लख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको भएको हो ।
बजार स्थिर रहे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.६४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सोनापुर मिनिरल्सको उच्च करोबार भएको छ । उक्त कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ, सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ र हिजो मंगलबार ९.३४ अंकले बजार बढ्दा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

चलचित्र ‘काँडेतार’ टिमद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

काठमाडौं । चलचित्र ‘काँडेतार’ निर्माण टिमले देशभरको सीमामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।
उनले ‘काँडेतार’को विशेष शो गर्दा देशभरका विभिन्न स्थानमा हस्ताक्षर अभियान संचालन गरेको र आज थप संकलन गरिएको जानकारी दिएका छन् ।
संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने उनले जनाए । खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ फागुन २५ बाट रिलिज हुँदैछ ।

आगलागीका हुँदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपरान्ह ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । तर वृद्धाको शरीर जलेका कारण उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन ।

 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बुधबार बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ।
मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बस्न लागेको हो। बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन्।
बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने जनाईएको छ। यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र देखिएको विवाद र राष्ट्रि यसभा अध्यक्ष सम्बन्धमा छलफल भएको थियो।

टी २० त्रिकोणात्मक सिरिज ः आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाण्डौ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । टियु मैदानमा हुने यो खेल बिहान ११ ः ३० बजेदेखि शुरु हुदैँछ।
मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी २० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

 

पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । संसद भवनभित्र पसेपछि पक्राउ परेका लघुवित्त पीडितहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
पक्राउ पर्नुहुनेमा ४८ जना महिला र एकजना पुरूष छन । पक्राउ परेकाहरू विरूद्व प्रहरीले मुद्वा चलाउने तयारी गरेको छ

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...