माओवादी गम्भीर नभएसम्म एकता नहुने विप्लवको उदघोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने उदघोष गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनैपनि क्रान्तिकारी शक्तिसँग एकता नहुने उदघोष गरेका हुन् ।
माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने जनाए । उनले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको जानकारी दिए ।
‘एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ । त्यो कुरा होइन,’ महासचिव चन्दले भने, ‘हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीबीचमा गम्भीर भभएसम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं ।’
क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउन आफूहरू लागेको जनाए ।

रवि लामिछानेसहित सात जनाको पहिलो दिनको बहस सकियो

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।
न्यायाधीस नीतिज राईको इजलासमा रविसहित सातजनाविरूद्वको मुद्दामा थुनछेक बहस सुरू भएको हो ।
रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङमाथि थुनछेक बहस सुरू भएको हो ।
लामिछाने, खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ ।

ज्योति विकास बैंक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंकले धुलिखेलस्थित ‘दुषित थानी हिमालयन रिसोर्ट धुलिखेल’ मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्धारा विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकले कर्णाली क्षेत्रका १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यत्रमका बिच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ ।
यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

शेयर बजारमा ३३.०८ अंकको गिरावट, फाइनान्स र विकास बैंक समूहमा सबैभन्दा बढी गिरावट

काठमाडौं । शेयर बजारमा आज गएको ठूलो पहिरो पछिल्ला आधा घण्टामा भने केही सम्हालियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.०८ अंकले ओरालो झरेर बन्द भएको छ । १.२६ प्रतिशतले बजार घट्दा नेप्से २५७६.५० अंकमा आएर अडिएको छ ।
नेप्सेमा पहिरो गएसँगै अन्य समूहबाहेक बाँकी अरु राताम्मे भएका छन् । अन्य समूह भने ०.०६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी फाइनान्स र विकास बैंक समूह क्रमशः ५.१९ र २.७७ प्रतिशतले घटेका छन् ।
आज ३०८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१.४९ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि नाडेप लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.०१ प्रतिशतले नाफा कमाए । आज ४८ कम्पनीको शेयर मूल्य बढ्दा बाँकी अरुको घटेको छ ।
विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ६ प्रतिशत बढी घाटा व्यहोरेका छन् । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स र बोटलर्स नेपाल (तराई) का लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.३४ र ९.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज प्रभु बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३५ करोड ९४ लाख ९२ हजार ३४.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २१.१२ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४.७७ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार ल्होसारको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणमा वन क्षेत्रको विवाद सुल्झियो

सुर्खेत । कोहलपुर सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन।
७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो।
बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका १ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो। बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ।
आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए। अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो।
गाभरमा छ वटा, बाँनियाभारमा तीन वटा गरेर नौ वटा टावर निर्माण हुन बाँकी रहेको छ । उक्त टावरहरु निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ। बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुनै ठाउँमा समस्या समाधान नजिक रहेको जनाए । अवरोध भएमा त्यसको हल प्रशासनले गर्नेसमेत उनले जनाए। आयोजना प्रमुख चौधरीका अनुसार बाँनियाभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ।
आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ। बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन्।
आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ। हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले जनाए। चौध किमी हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ। यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ।
अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ। निकुञ्जमा ७० वटा टावरमध्ये छ वटा टावर निर्माण गर्न बाँकी छ। जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले जनाए। आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उनले जनाए।
सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ। अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ। सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ।

 

 

 

 

 

बैतडीमा भूकम्पको धक्का

काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो ।
बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

आजदेखि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।
हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

भीम रावलले देशभक्तको पार्टी बनाउने

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन् । ‘झापाबाटै हाम्रो यात्रा सुरु हुन्छ, र ७७ जिल्ला नै पुग्छौं,’ उनीनिकट एक नेताले भने ।
ती नेताका अनुसार देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुनेछ । ‘पर्सि (बुधबार) को पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर हुनेछ, त्यो कुरा जनतासम्म लगिनेछ,’ उनले भने ।
माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने ती नेता जनाउँछन । ‘सकेसम्म धेरै ठाउँ पुगेर नयाँ पार्टी निर्माणको आवश्यकताबारे भन्ने हो, त्यसैले समय अलिक लाग्छ,’ उनले भने ।
तर, नयाँ पार्टी कम्युनिष्ट बनाउनेमा भने रावल प्रष्ट भइसकेका छन् । आफूलाई भेट्न आउनेहरूसँग पनि उनले आफूले बनाउन लागेको पार्टी कम्युनिष्ट नहुने जनाए ।
‘कम्युनिष्ट पार्टीहरू धेरै भए । काम गर्नलाई कम्युनिष्ट नाम राखिरहनु आवश्यक पर्दैन भन्ने भीम रावलको कुरा थियो,’ सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. तारा जोशीले भने ।
सोमबार डा. जोशी र नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लले भीम रावलसँग भेटेका थिए । भेटका क्रममा रावलले आफूले बनाउन लागेको पार्टीमा सामेल हुन आग्रह गरे ।
‘देश डुबाउने लागिसके, जोगाउनलाई देशभक्तहरू जुट्नुपर्छ । अब देशभक्तहरूको साझा पार्टी बनाउने हो भन्नुभयो,’ रावलसँग भेटेका जोशीले भने ।
स्रोतका अनुसार अहिले रावलले राजधानीमा उपलब्ध नेताहरूसँग भेटवार्ता बाक्लो बनाएका छन् । त्यसैक्रममा डडेलधुराका नेताहरू जोशी र मल्लसँग भेटवार्ता भएको हो ।
‘थुप्रै भेटवार्ता चलिरहेको छ । आज उहाँहरू आउनुभयो, र तस्वीर सार्वजनिक गर्नुभयो,’ ती स्रोत भन्छन्, ‘फोटो सार्वजनिक नगर्ने नेताहरूको संख्या धेरै छ ।’

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने प्रचण्डको दाबी

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने दाबी गरेका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको जनाए ।
‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’,अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’
देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उनले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको उनको भनाइ छ । यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको जनाए । ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’,उनले भने,‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’
अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने जनाए। झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ, म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’
आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै उनले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको उनको धारणा थियो । ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिंदै गर्दा भनेको थिएँ— भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’,उनले भने, ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं।’
अध्यक्ष प्रचण्डले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको जानकारी दिए। ‘मैले पहिलोपटक भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्गको सुरुवात गरें, जो अब चाँडै सम्पन्न हुँदैछ’, उनले भने,‘सामाजिक न्यायको क्षेत्रमा गरीब किसानको कृषि ऋण मिनाह गर्ने अवसर मलाई प्राप्त भयो।’

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...