काठमाडौं । शेयर बजारमा आज गएको ठूलो पहिरो पछिल्ला आधा घण्टामा भने केही सम्हालियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.०८ अंकले ओरालो झरेर बन्द भएको छ । १.२६ प्रतिशतले बजार घट्दा नेप्से २५७६.५० अंकमा आएर अडिएको छ ।
नेप्सेमा पहिरो गएसँगै अन्य समूहबाहेक बाँकी अरु राताम्मे भएका छन् । अन्य समूह भने ०.०६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी फाइनान्स र विकास बैंक समूह क्रमशः ५.१९ र २.७७ प्रतिशतले घटेका छन् ।
आज ३०८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१.४९ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि नाडेप लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.०१ प्रतिशतले नाफा कमाए । आज ४८ कम्पनीको शेयर मूल्य बढ्दा बाँकी अरुको घटेको छ ।
विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ६ प्रतिशत बढी घाटा व्यहोरेका छन् । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स र बोटलर्स नेपाल (तराई) का लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.३४ र ९.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज प्रभु बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३५ करोड ९४ लाख ९२ हजार ३४.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २१.१२ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४.७७ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार ल्होसारको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।