काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको टिप्पणी गरेका छन ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जास्पद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले विरोधका लागि विरोध गरिएको जवाफ दिएका छन ।
उनले भने, ‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना, प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैन । पहिरो पनिपूर्व सूचनादिएर जाँदैन् । पहिरो गएपछि त क्षति पु¥याउने नै भयो ।यस्तो संवेदनशील बेलामासबै मिलेर यथार्थ परक ढंगले लाग्नुपर्छ । ’
उनले आफू बाहिर हुँदापनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे । अब सरकारले अझ प्रभावकारी ढंगले राहत,उद्दारको र पुननिर्माणको काम गर्ने उहाँको भनाइ छ ।