काठमाण्डौं । निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । ।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपा सांसद दीपक बोहराको निधन भएपछि खाली रहेको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोग आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै राजिव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद रहेको मनाङ क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले उपनिर्वाचनको मिति तोकिएको छैन ।
मनाङे कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।