कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा छलफल हुनेछ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।
उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

 

LEAVE A REPLY