बुंगल हाइड्रोले २९ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २९ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता रु. १०० अंकित मूल्यमा २९ करोड ५ लाख रुपियाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
यसअघि नै कम्पनीले हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY