काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ३ः३० बजे सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलमा एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन कर्णालीलाई आज जित्नैपर्ने बाध्यता छ ।
यता, करण केसीको नेतृत्वमा रहेको काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा छ । पाँच खेलमा तीन वटा खेल जितेको काठमाडौंलाई प्लेअफको यात्रामा पुग्नका लागि पनि आजको खेल महत्त्वपूर्ण छ ।













