प्रभु बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट पुरस्कृत

काठमाडौं । प्रभु बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत भएको छ ।
बैंकले इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।
बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङको सरल र सहज सुविधा ग्राहकले प्राप्त गरेको सन्तुष्टी भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘यो अवार्डले हामीलाई आगामी दिनमा ग्राहकको सहभागितालाई अझै व्यापक गराउन र उहाँहरुलाई थप सेवा र सुविधा प्रदान गर्न उत्साहित बनाएको छ ।’ उनले भनेका छन, ‘हामी आगामी दिनमा ग्राहकलाई उत्कृष्ट सेवा दिन थप प्रडक्ट ल्याउने योजनामा छौँ ।’
बैंकले पछिल्लो समय आफ्नो सेवा र सुविधालाई व्यापक बनाउँदै आफ्ना ग्राहकलाई सरल तरिकाले बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY