काठमाण्डौं । नेपाल सरकारले काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को सिंगापुर भ्रमण स्वीकृत गरे पनि मेयर शाह स्वयंले भ्रमण रद्द गरेका छन् ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्र्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले मेयर शाहको भ्रमण कार्यक्रम स्वीकृत गरेको जनाएकी थिइन् ।
लगत्तै मेयरका स्वकीय सचिव भूपदेव शाहले भ्रमण रद्द गरिएको जानकारी दिए । बजेट ल्याउनुपर्ने बेला भएकाले सिंगापुर नजाने निर्णय गरिएको उनले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन शाहलाई स्वीकृति दिने निर्णय गरेको थियो ।