शेयर बजारमा ४७.९३ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजार बढेर हिजो ३ हनार बिन्दु पार गरे पनि आज फेरि उच्च अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.९३ अंकले तल झरेको हो । १.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९५४.१४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि अन्य समूह ०.८५ प्रतिशतले बढेको छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८.५२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालय रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ३२ करोड १२ लाख १८ हजार १ सय ९५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १८.४४ अंकले बजार घट्दा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ३७.५१ रुपियाँ, सोमबार ७.१० अंकले बजार बढ्दा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४.२९ रुपियाँ र हिजो मंगलबार ३०.७६ अंकले बजार बढ्दा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८ सय ८५.९३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY