त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, पाँचै जनाको सनाखत

काठमाण्डौं । त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि गोरखा नगरपालिका ४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटीको मृत्यु भएको हो ।
काठमाण्डौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना ५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY