Page 11

हिमालयन बैंकले पायो दुई अवार्ड

काठमाडौं । हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेश २०२३ र ‘एक्सिलेन्स इन कन्जुमर कार्डस् प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ ।
भिजाद्वारा आयोजित एक समारोहकाबीच डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्य खलगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरी सम्मान गरिएको हो ।
बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।
बैंकले २७० वटा एटिएम, ६५०० भन्दा बढि पीओएस तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

ग्लोबल आईएमई बैंकले एकल अंक ब्याजदरमा १२ करोडसम्म घर कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ ।
उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जानकारी दिएको छ ।
यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।
बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहीत रही आवश्यक कागजातहरु पेस गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।
ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

राष्ट्रपति र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएको हो
उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने जनाएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए।
सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा समेत व्यक्त गरे ।

मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रधानमन्त्रीको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने जानकारी दिए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे ।
“आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,” उनले भने ।
उनले आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको जिकिर गरे ।
“मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,” प्रधानमन्त्रीले भने ।
उनले जिम्मेवारी सम्हालेको एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराए । उनले वर्तमान सरकारको नेतृत्व गरेको यही पुस १० गते एक वर्ष पुग्दै छ ।
“एक वर्ष पुगेको दिन जनता र राष्ट्रको पक्षमा एउटा ठूलो सम्बोधन गर्दै छु । त्यो सम्बोधनमा सबै ती सबै कुरा उल्लेख हुनेछन् । अर्को वर्ष नयाँ ढंगले काम सुरु गर्नेछु । मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु,” उनले भने ।

४०० केभीको इनरुवा सबस्टेसन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।
इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । ​विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ बजे मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियानअन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको छ ।
माओवादीले सञ्चालन गरेको अभियानको क्रममा सातै प्रदेशका १–१ वडामा पुग्ने अध्यक्ष प्रचण्डको योजनाअनुसार मिक्लाजुङ पुग्न लागेका हुन् ।
मिक्लाजुङको कार्यक्रमपछि अपराह्न विराटनगरका विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ । एक्स्पोको उद्घाटन सकेर शुक्रवार साँझ काठमाडौँ फर्कने प्रधानमन्त्रीको कार्यपालिका छ ।
उनी हिजो नै विराटनगर आएका थिए । प्रधानमन्त्री प्रचण्ड आज विराटनगरमा कोशी प्रदेशसभाका सदस्यसमेत रहेका कान्छा ज्वाइँ जीवन आचार्यका घरमा बसेका थिए । प्रधानमन्त्रीको सुरक्षाको लागि घरदेखि पूर्वतर्फको जमिनमा टेन्ट राखेर सुरक्षाकर्मीको टोलीलाई राखिएको थियो ।

कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्दसत्र सुरु

जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।
यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको जानकारी दिईएको छ ।

बल्खुमा अप्सराको हत्या गरेर फरार ६ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका हुन् ।
६ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो ।
प्रहरीले विश्वकर्मा र मुख्य योजनाकार रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । अधिकारी भने यसअघि नै चोरी मुद्दामा जेलमा रहेका थिए ।
प्रहरीले उनीहरूलाई मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६) की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
उनी ०७४ पुस ३० गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो ।
शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो । प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो ।

४ वर्षदेखि कामविहीन छन् गोविन्दा

मुम्बई । बलिउड स्टार गोविन्दा ६० वर्ष पुगेका छन् । उनको फिल्मी करियर एकदमै राम्रो देखिन्छ । तर पछिल्ला समय उनी काम विहीन छन् । २०१९ को फिल्म ‘रङ्गिला राजा’ पछि उनको कुनै पनि फिल्म आएको छैन ।
पहिलो फिल्म हिट भएको एक समय उनले ४९ फिल्म साइन गरेका थिए । निर्माता, निर्देशक उनलाई फिल्म खेलाउन लाइन लागेर बस्थे । अहिले भने उनी ४ वर्षदेखि काम विहीन छन् ।
गोविन्दा अहिले फिल्ममा कम ब्याकको प्रयास गर्दैछन् । जसको कारण उनले फिल्म मेकर डेविड धवनसँग बोलचाल गरेका छन् । धवनसँग उनको करिब ५ वर्षदेखि बोलचाल बन्द थियो ।
गोविन्दाले डेविडको करिब १७ फिल्ममा काम गरेका छन् । जसमा शोला र और शबनम, आँखे, राजा बाबु, कुली नम्बर वान, हिरो नम्बर वान लगायत रहेका छन् ।
गोविन्दा २१ वर्षको हुँदा कसैले चिन्दैन थिए । त्यही समय एक म्यागजिनले उनको चर्चा गर्दै सुनको अन्डा दिने कुखुरा भनेर लेख्यो । त्यसपछि २२ वर्षको उमेरमा उनले ४९ फिल्म साइन गरेका थिए ।

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।
विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । साढे २ दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।

ग्लोबल आइएमई बैंक डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट

काठमाडौं। ग्लोबल आइएमई बैंकले भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड पाएको छ।
भिजा इन्टरनेसनलले काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेको भन्दै अवार्ड प्रदान गरेको हो ।
बैंकले हालै मात्र भिजासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणाली सुरु गरेको छ। क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो भएको बैंकले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।
बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...