Page 13

नेपाल बैंकको ६४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बैंकको प्रधान कार्यालय, काठमाडौं धर्मपथमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले आर्थिक वर्ष २०७९, ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९, ८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको हो।
त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०, ८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिपकुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ।

तुलसीपुरको गोदाममा आगलागी

दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ ।
तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागी भए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा एक रुपैयाँ भाउ घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि समायोजन गरेको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ र तेस्रोमा १६६ रुपैयाँ प्रलिलिटर कारोबार हुनेछ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

मेला महोत्सवहरु अर्थतन्त्र सुधारका प्रमाण भएको प्रधानमन्त्रीको तर्क

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्ष आयोजना भएका विभिन्न मेला र महोत्सवहरु अर्थतन्त्र सुधारको प्रमाण भएको तर्क गरेका छन ।
सोमबार अर्घाखाँचीको महोत्सवलाई सम्बोधन गर्न पुगेका दाहालले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकामा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको उल्लेख मात्रै गरेनन हाल आयोजना भइरहेका मेला–महोत्सवलाई त्यसको प्रमाण भनेर अर्थ्याए ।
अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू विरलै भएको उल्लेख गर्दै दाहालले यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभ संकेत भएको जानकारी दिए ।
दाहालले यस वर्ष आर्थिक सुधार हुनेमा जोड दिँदै भने ,‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू विरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं ।’’
यस्तै दाहालले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे । ‘भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन कोप–२८०संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण पहल लिइएको छ । केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैंले सम्बोधन गर्दैछु । यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप विस्तार हुने मैंले विश्वास लिएको छु,’ दाहाल सचिवालयले जानकारी दिएको छ ।

संविधान कार्यान्वयन गर्न आवश्यक रहेको राष्ट्रपतिको टिप्पणी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको टिप्पणी गरेका छन ।
सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको जनाएका हुन ।
‘संविधानले जुन परिकल्पना गर्‍यो त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न जरुरी छ । ति कानुनहरूको निर्वाह छिटो भन्दा छिटो हुन जरुरी छ । मेरो सबैलाई अनुरोध शुभकामना र आग्रह छ कि संविधान कार्यान्वयनमा जाऔँ । अब आशालाई निराशामा परिणत नगरौं,’ उनले भने, ‘देशमा निराशा बढेको छ । त्यो भनेको संविधान कार्यान्वयन नहुँदा भएको हो । संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्किन कोही जनता चाहँदैनन् । जनताको चाहना र भावना मैंले पनि बुझेको छु । विदेशबाट आएकाको मात्र होइन देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ ।’
राष्ट्रपति पौडेलले, संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिए । उनले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना व्यक्त गरे ।

लक्ष्मी सनराइज बैंकको २३औं साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको २३औं साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९, ८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९, ८० को वित्तीय विवरण पनि पारित गरेको छ ।
साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आजदेखि काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले जनाए ।
प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै छ ।
विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौंमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन ।

मुगुमा १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ५ जना पक्राउ

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामुहिक बलात्कार भएको छ ।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् ।
छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ ।
बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन् ।
बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामुहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र बहादुर थापाले जानकारी दिएका छन ।
बलात्कारपछि बालिकाको पेटमा गर्भ छ । बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए ।
त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।
सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।
मकर संक्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

राष्ट्रपतिले संसदीय दलका नेताहरुलाई शीतल निवास बोलाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् ।
माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि निम्ता दिएका हुन् ।
माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिने जनाईएको छ ।
आज माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...