Page 24

ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए ।
बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले जनाए । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए ।
हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले जनाए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन लगाएत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

 

‘रङ्गेली’को पोस्टरमा दयाहाङ र अर्पण आमनेसामने

काठमाडौं । कलाकार दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमनेसामने बनाइएको छ । अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ ।
फागुन २५ गते महाशिवरात्रिको दिन चलचित्र रिलिज हुँदै छ । अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रका लेखक पनि उनै हुन् ।
‘रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार प्रमुख भूमिकामा छन् ।

राष्ट्रपति पौडेल तनहुँ र बुटवल जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँ जाने भएका छन्। रुपन्देहीको बुटवल र तनहुँमा गरी राष्ट्रपति पौडैले फरक–फरक कार्यक्रममा सहभागी हुने जनाईएको छ।
शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि राष्ट्रपति पौडेल बुटवल जान लागेका हुन्। राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्।
त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृहजिल्ला तनहुँ पनि जानेछन्। राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
राष्ट्रपति पौडेल दोस्रो पटक गृहजिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्। यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए।

आज काठमाडौंमा यस वर्षकै बढी चिसो महसुस

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । महाशाखाकाअनुसार आज शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको हो । दिउँसो अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाकाअनुसार अहिले देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु कुहिरो लागेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।
बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
उनी आजै स्वदेश फर्किंदै छन् । जयशंकर मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम रहेको जनाईएको छ ।
हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

एमाले सचिवालय बैठक १२ बजे बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज शुक्रबार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्ने जानकारी दिईएको छ ।
बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकर र अध्यक्ष ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको जानकारी दिइएको छ ।

मुक्तिनाथ विकास बैंकको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ। यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाखको आर्थिक सहयोग गरेको छ। यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ।
बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ।

भारतीय विदेशमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकर र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकरले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटबाट राजनीतिक भेटघाट थालेका थिए ।
देउवासँगको भेटमा दुईदेशको सम्बन्ध, दुईपक्षीय हित तथा विकास र समृद्धिका लागि हुनसक्ने सहयोगका विषयमा छलफल भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रियसभा सदस्य डा. कृष्णप्रसाद पौडेलले भारतले नेपालसँग १० हजार मेगावाट विद्युत् खरिदका लागि गरेको सम्झौताको सराहना गर्दै देउवाले नेपालको पूर्वाधार विकास र दुईपक्षीय साझा हितका क्षेत्रमा सहकार्यका लागि अनुरोध गरेका थिए ।
जवाफमा भारतीय विदेशसचिव जयशंकरले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न भारत सकारात्मक भएको भन्दै यहाँका आवश्यकता र समस्याबारे भारत जानकार रहेको प्रतिक्रिया दिएका थिए ।
विदेशमन्त्री जयशंकरले आफ्नो नेपाल भ्रमणको उद्देश्य नेपालसँग सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा लैजाने भएको भन्दै धार्मिक र समाजिकस्तरको सम्बन्धलाई थप फराकिलो बनाउन नेपालको भूमिका सकारात्मक हुने अपेक्षा राखेका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...