Page 7

नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई अहिलेसम्मकै धेरै बोनस दिने

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्मकै सबैभन्दा धेरै बोनस बीमितलाई दिने भएको छ । नेपाल बिमा प्राधिकरणको स्विकृती लिएर कम्पनीले प्रतिहजार बिमालेख बराबर अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको हो ।
कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बिमालेखमा ६० रुपैयाँ देखी ८२ रुपैयाँ दिने भएको हो ।
बिमालेखको अवधिअनुसार १० वर्षसम्म, ११ वर्षदेखि १५ वर्षसम्म र १६ वर्षदेखि २० वर्षसम्मका लागि प्रतिहजार बिमालेख बराबर ६० रुपैयाँ बोनस तोकेको हो । २६ देखि ३० वर्ष र ३० वर्ष देखि माथिका सबै बिमालेखमा भने कम्पनीले ८२ रुपैयाँ बोनस दिने कम्पनी जानकारी दिएको छ ।
यस्तै सावधिक जीवन बिमालेख अन्र्तगत नौलो केटाकेटी जीवन बिमामा कम्पनीले न्यूनतम ६५ रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।
१० वर्ष, ११ देखि १५ वर्ष र १५ देखि २० वर्ष अवधिका बिमालेखमा ६५ रुपैयाँ र २१ वर्ष देखि २५ वर्षसम्मका बिमालेखमा ७२ रुपैयाँ बोनसदर कायम गरेको हो । यस्तै २६ वर्ष देखि ३० वर्ष र ३० वर्षभन्दा माथि अवधि भएका बीमालेखमा भने ८२ रुपैयाँ बोनस दिनेभएको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै जीवन समुन्नत बीमालेखमा भने न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा ६० देखि ८२ रुपैयाँसम्मको बोनस दिनेभएको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेखमा र धन वर्षा(१५ र २० का बीमालेखमा भने कम्पनीले ५० रुपैयाँ बोनसदर कायम गरेको छ।
अन्य समूह अन्तर्गतका जीवन सारथी बीमामा भने कम्पनीले अधिकतम ६२ रुपैयाँ देखि ८५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ ।

 

माछापुच्छ्रे बैंकको सरकारी विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
यसैक्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं. १५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नपा वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
त्यसैगरी बाग्मती प्रदेशको कामनपा वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ ।
विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो ।
२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जनमाध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक, कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहनु परेको छ ।
विद्यालयको पुर्वाधार निर्माण गर्ने सम्बन्धि सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृ तसन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता बमोजिम बैंकले त्रिभुवन जन माध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।
यसैगरी काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गिकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरुको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्नै निणर्य गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

शेयर बजारमा ०.४० अंकको गिरावट, सवा चार अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार झिनो अंकले तल झरेको छ भने कारोबार सवा ४ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.४० अंकले घटेको हो । ०.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.२९ अंकमा ओर्लिएको छ ।
आज ३१० कम्पनीका १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि चन्द्रागिरि हिल्स, नेपाल ल्यूब आयल, एनएमबि माइक्रोफाइनान्स र तेह्रथुम पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९२ र ९.८८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.२० प्रतिशतले नाफा कमाएको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५५ करोड ९ लाख ८० हजार ७ सय ८५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ र हिजो सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ घटेको बराबरको कारोबार भएको थियो ।

न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।
महानगर प्रहरी प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, “मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।”
उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने जनाए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८, ७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको जानकारी दिएको छ ।
कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपियाँदेखि अधिकतम प्रतिहजार ८५ रुपियाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८, ७९को बीमा कोषको बीमांकीय मूल्यांकक प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत भई बीमालेखमा नयाँ बोनस दर कायम हुने गरी सार्वजनिक गरेको हो ।
सावधिक जीवन बीमालेख सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल० बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपियाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपियाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपियाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपियाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपियाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपियाँ बानेस दर निर्धारण गरिएको छ ।
त्यसैगरी, सावधिक जीवन बीमालेख नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा० योजनामा न्यूनतम ६५ रुपियाँदेखि अधिकतम ८२ रुपियाँ बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा प्रतिहजारमा न्यूनतम ५६ रुपियाँदेखि अधिकतम ७० रुपियाँ बोनस दर तोकेको छ ।
सावधिक तथा आजीवन (जीवन साहारा) बीमायोजनामा प्रतिहजारमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँ बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५० रुपियाँ बोनस दर तोकेको छ । साथसाथै, अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नति, छोराछोरी र सदाबहार जीवन) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपियाँ बोनस दर तोकेको छ ।
अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ८५ रुपियाँ बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले घोषणा गरेको बोनस दर मृत्युदाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्म सोही बोनस दर लागू हुने पनि कम्पनीले जानकारी दिएको छ ।

आज एमालेले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ।
आफूहरुले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले जनाए।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको ज्ञवालीले जानकारी दिए।

राष्ट्रिय सभा निर्वाचन ः मौन अवधि सुरू

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरू भएको छ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचारप्रसार निषेध गरिएको जानकारी दिएको हो ।
मौन अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
राष्ट्रिय सभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

पुराना आयोजनालाई समयमै सम्पन्न गरिने प्रधानमन्त्रीको उदघोष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने उदघोष गरेका छन् ।
आज सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्त्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन् । पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ ।’
अनुगमनमा प्रधानमन्त्री प्रचण्डले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने जनाउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौं । फिल्डमा तपाईंहरू काम गर्नुस् । पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला ।’
अनुगमनका क्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको जनाउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने जानकारी दिए ।
एक्सन रूमको अनुगमनमा प्रधानमन्त्री र ऊर्जामन्त्रीसँगै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिँचाइ तर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल लगायतका आयोजना प्रमुखहरू उपस्थित थिए ।
अनुगमनका क्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको संकुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको जनाउँदै स्रोतको अभाव नभए आयोजनाले गति लिने जनाए ।
बाँके जिल्लाको सिँचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ हुने जनाउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको जनाए ।
निरौलाले सिक्टा सिँचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको जनाउँदै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी आफूहरू क्यालेण्डर बनाएर काम गर्ने जनाए ।
आयोजनाको उपलब्धितर्फ पुल सहितको ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५.२५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७.६७५ सम्म नहर निर्माण कार्य सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करीब ५५ प्रतिशत निर्माण कार्यसम्पन्न भएको जनाउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने जनाए ।

भवन शिलान्यास कार्यक्रममा लाठीचार्ज, शिक्षामन्त्री घाइते

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम भएको झडपमा प्रदेशका शिक्षामन्त्री घाइते भएका छन् ।
सप्तरीमा भएको कार्यक्रममा जनमत पार्टी र प्रहरीबीच झडप भएपछि शिक्षामन्त्री महेशप्रसाद यादवसहित ३ जना घाइते भएका हुन ।
मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा मधेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जानकारी दिए ।
जनमत पार्टीको विरोधबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका–१३ मा करीब १२ विघा जग्गामा विश्वविद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शिलान्यासमा सप्तरी–२ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आईतबार जनमतले विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।
शिक्षामन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सीके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि विश्वविद्यालयको भवन शिलान्यास गरिएको छ ।

चन्द्रागिरी हिल्सको ‘लक इन’अवधि सकियो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको शेयरको ‘लक इन’ अवधि आजबाट सकिएको छ ।
लक इन अवधि सकिएसँगै होल्ड गरिएको शेयर कारोबारका लागि योग्य भएको छ । तर सञ्चालक समितिमा रहेका तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने शेयर खरिदबिक्री गर्न पाउने छैनन् ।
कम्पनीले सर्वसाधारणका लागि २०७७ माघ ९ गते शेयर बाँडफाँट गरेको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...