Page 9

नबिल बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलुनबीच संझौता

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो ।
समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।
समझदारी अनुसार बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।
नबिल बैंक र हेयर एण्ड शान्तिबीच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्नेछ । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एमालेको पहलमा शान्तिप्रक्रिया टुंगोमा पुग्ने ओलीको धारणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको धारणा व्यक्त छन् ।
विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो जानकारी दिएका हुन् ।
उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे ।
महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले जनाए ।

बझाङको थलरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाण्डौ । बझाङको थलारा गाउँपालिकास्थित पाराकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

गरिबी हटाउन सक्ने क्षमता कृषि क्षेत्रमा मात्रै भएको राष्ट्रपतिको दाबी

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा मात्र भएको दाबी गरेका छन ।
शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता गर्नुपर्ने आवश्यकता रहेको जनाएका हुन ।
उनले भने, ‘गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु ।’ निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे ।

सेमिफाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ ।
मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।
यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।
टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो । डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।
खेलको विजेताले यसै वर्ष हुने महिला एसिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सदस्यसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । त्यस्तै दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि एकीकृत कार्यान्वयन योजना सम्बन्धमा छलफल हुने जनाईएको छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको मस्यौदामाथि छलफल हुने जानकारी दिईएको छ ।

दाङमा ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या

काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।
प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् सहायक हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।
दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । नेपाल आयल निगमले शुक्रबार विहान १ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यबृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार काठडमाडौैं उपत्यकामा शुक्रबार विहानदेखि नै पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल १६० रुपैयाँ पर्ने भएको छ । निगमले अहिले उपत्यकामा बिक्री गदै आएको मूल्य पेट्रोल १७० र डिजेल १५६ प्रतिलिटर छ ।
नेपाल आयल निगमले स्वचालित मूल्य अनुसार भारतीय आयल निगमबाट मूल्य बढेर आउँदा बढाउने र घट्दा घटाउने गरेको छ ।
निगमलाई भारतले पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढेर आएकोले सोही मूल्यको अनुपातमा निगमले ग्यास बाहेकमा मूल्य बृद्धि गरेको हो । ग्यासमा भने नयाँ मूल्य सूची अनुसार मूल्यबृद्धि भएको छैन्

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाण्डौ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बिहीबार बसेको पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ ।

ललिता निवास प्रकरणमा दीप बस्न्यात, छविराज पन्तलगायत दोषी ठहर

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।
बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...