काठमाडौं । प्रधामन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन ।
मंगलबार साँझ नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्ड र ओलीले नेपालसँग भेटवार्ता गरेक हुन ।
नयाँ बनेको गठबन्धनमा नेपाललाई पनि ल्याउन फकाउन प्रचण्ड र ओली कोटेश्वर पुगेको बुझिएको छ ।
प्रचण्ड र ओलीले निवासमै गएर भेटे अध्यक्ष नेपाललाई
नेपाललाई हराउँदै नेदरल्याण्डसले जित्यो टी २० सिरिजको उपाधि
काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २, २ विकेट लिनुभएको थियो ।
शेयर बजारमा ७०.३१ अंकको पहिरो, नेप्से परिसुचक २००७.६९ विन्दुमा
काठमाण्डौ । शेयर बजारमा उच्च अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.३१ अंकको पहिरो गएको हो । ३.३८ प्रतिशतले बजार घट्दा नेप्से २००७.६९ अंकमा ओर्लिएको छ ।
आज ३१६ कम्पनीका १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८.०२ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सबैभन्दा बढी गुराँस लघुवित्तका लगानीकर्ताहरुले ८.७३ प्रतिशतले नाफा कमाए । ७० कम्पनीका लगानीकर्ताले नाफा कमाए भने बाँकीको शेयर मूल्य घट्यो ।
यसैक्रममा बोटलर्स नेपाल बालाजु, जोशी हाइड्रो, बोटलर्स नेपाल तराई, प्रभु इन्स्योरेन्स र बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.४५, ८.६४ र ८.३१ प्रतिशतले घाटा व्यहोरे ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४१ करोड ९१ लख २२ हजार ७ सय ३५.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ११.७८ अंकले घट्दा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९.०८ रुपियाँ र हिजो सोमबार ११७.७० अंकले बजार बढेको थियो ।
मोरङमा १५ वर्षीया बालिकाको हत्या
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ ।
खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या भएको हो ।
दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्की पनि आइपुगेका छन ।
घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
नयाँ गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने जनाईएको छ ।
गठबन्धन बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् । उनीहरूलाई समेत गठबन्धनमा सामेल गर्न सबै सकारात्मक भएका कारण छलफल गर्ने तयारी गरिएको गठबन्धनका एक नेताले जनाए ।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।
टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै
काठमाण्डौ । त्रिकोणात्मक टी २० सिरिजको फाइनलका लागि आज नेपालले नेदरल्यान्ड्सबीच खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो।
त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।
नवनियुक्त तीनजना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ दिलाएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याललाई मन्त्री नियुक्त गरेका हुन ।
उनीहरु तीनैजना तत्कालका लागि विना विभागीय मन्त्री नियुक्त भएका हुन ।
अब देश सकारात्मक अवस्थातिर फर्किने ओलीको टिप्पणी
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरणमा भएको फेरबदलले देश सकारात्मक अवस्थातिर फर्किने टिप्पणी गरेका छन् ।
पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश अब सकारात्मक दिशातर्फ फर्किने टिप्पणी गरेका हुन् । राजनीतिमा जेजस्तो फेरबदल आए पनि नेकपा एमालेले मिसन ८४ नछाड्ने उनको भनाइ छ ।
‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’, उननले भने ।
बालुवाटारमा नयाँ गठबन्धनको बैठक सुरु
काठमाडौं । बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन ।
बैठकबाट मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको भागबन्डा प्याकेजमै हुने जनाईएको छ ।
शेयर बजारमा ११७ अंकको उछाल,नयाँ सत्तासमीकरणले लगानीकर्ता उत्साहित
काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । नयाँ सत्तासमीकरणको चर्चासँगै सेयर बजारमा उछाल देखिएको हो । सोमबार कारोबार भएको एक घण्टामै सेयर बजार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रोपटक ‘सर्किट ब्रेक’ लाग्यो ।
साताको दोस्रो कारोबार दिन नेप्से एक घण्टा चार मिनेटको बीचमा पाँच मिनेट मात्र कारोबार भएर बन्द भयो । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार तेस्रोपटक सर्किट ब्रेक लागेर आजलाई कारोबार बन्द भएको हो ।
यस दिन नेप्से ११७.७० अर्थात् ६ प्रतिशतले बढेर २०७८.०० को विन्दुमा पुग्यो । बिहान ११ बजे कारोबार सुरु भएको थियो । बिहान ११ः०३ मा ४.४ प्रतिशतले बढेर २० मिनेट कारोबार रोकिएको थियो । बिहान ११ः२३ मा पुनः कारोबार सुरु भयो । बिहान ११ः२४ मा ५।०३ प्रतिशतले बढेर दोस्रोपटक ‘सर्किट ब्रेक’ लागेर ४० मिनेटका निम्ति कारोबार रोकिएको थियो ।
त्यसपछि मध्याह्न १२ः०४ मा कारोबार सुरु भएको थियो । ६ प्रशितले बढेर पुनः कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।