Page 6

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच संझौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको गुडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।
गुडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
यो सम्झौताबाट हालसम्म बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको जनाईएको छ ।
आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन्। बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि उपलब्ध गराउँदै आएको जनाएको छ ।

आज ११ः३० बजे एमाले सचिवालय बैठक बस्दै

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।आइतबार पार्टी कार्यालय च्यासलमा बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
सचिवालय बैठक बिहान ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिईएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जानकारी दिईएको छ।

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

काठमाण्डौं । फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदैछ ।
पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

रुसको एक कन्सर्ट हलमा गोली चल्दा, ६० जनाको मृत्यु

काठमाडौं । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् ।
रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जानकारी दिएको छ ।
“शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।”

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाँदै

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेका हुन्।
भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आयो फिर्ता

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता आएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो।
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।
भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले भने, ‘मालपोत ऐनको दफा २४ अनुसार हामीले उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं।

गृहमन्त्री माथि छानबिन गर्न संसदीय समिति नबन्ने

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने अडान सरकारले लिएको छ ।
संसद् र सडकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै छानबिनको माग गरिरहेको छ ।
आज सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने प्रस्ट पारेकी छन् ।
प्रवक्ता शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको जानकारी दिएकी छिन ।
उनले भनिन्, ‘सैद्धान्तिक रूपमा संसदीय समिति हुँदै हुँदैन भन्ने होइन । कुनै विषयमा बन्न सक्छन् । त्यो आवश्यक छ कि छैन, यो विषय संसदीय छानबिन समिति बनाएर गर्नुपर्ने हो कि होइन भन्ने विषयमा सरकारले त्यस्तो आवश्यकता देखेको छैन ।’
यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने उनले जनाएकी छिन ।

ग्लोबल आइएमईका १११ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुनस् कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गर्नु भएको थियो । साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि ः सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईराखीएको छ ।
बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

नेपाल लाइफमा कर्मचारीले भव्यताका साथ मनाए होली

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रम आयोजना गरी रङको पर्व होली सभ्यताका साथ मनाएको छ ।
होलीको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीसहित कर्मचारीहरुले होली मनाएका छन् ।
शुक्रबार कम्पनीका कर्मचारीहरुले एक आपसमा माया, सद्भावनाका साथ रङ लगाएर होलि मनाएका हुन् । कम्पनीका सम्पूर्ण कर्मचारीहरुले कार्यालयमा नै सभ्य तरिकाले होली मनाएका छन् । होलीका कारणले गर्दा कर्मचारीहरुबीच माया र सद्भाव पनि बृद्धि हुने कर्मचारीहरुले विश्वास गरेका छन् ।
होलीको अवसरमा आयोजित कार्यक्रममा सिईओ पराजुलीले कर्मचारीहरूलाई आपसी सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्नुका साथै होली आपसमा खुशी साटासाट गर्ने र नराम्रा कुराहरू त्याग गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने जानकारी दिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...