Page 7

सानिमा रिलायन्सको बार्षिकोत्सवको शुभकामना आदनप्रदान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार शुभारम्भ गरेका एक बर्ष पूरा अवसरमा ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ताहरुले हर्षोल्लासका साथ भव्यताका साथ मनाएका हुन् ।
उपत्यकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, बीमा अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठले अभिकर्ताहरुलाई जिम्मेवार भएर बीमा व्यवसाय गर्दा जिम्मेवार बन्नुपर्ने जनाएका छन् ।
साथै उनले आगामी दिनमा कम्पनीलाई थप मजबुत बनाएर अग्रसर हुन सबैलाई आग्रह गरे । बार्षिकोत्सवको उपल्क्ष्यमा कम्पनीलाई यस स्थानसम्म पुराउन सहयोग गर्ने सम्पूर्णलाई सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरुले बार्षिकोत्सव खुशी साटासाट गर्दैमनाएका छन् ।
बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुने जानकारी दिईएको छ ।
त्यस्तै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने जनाईएको छ ।
त्यसैगरी दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ। बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धी छलफल हुनेछ कार्यसूची रहेको छ।

भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने राष्ट्रपतिको धारणा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन । विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने जनाए ।
सहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ । उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा गर्न समेत आवश्यक रहेको जनाएका छन् ।
भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै राष्ट्रपति पौडेलले अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका जनाए ।
‘भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ,’ राष्ट्रपति पौडेलको सन्देश छ ।

बहराइनसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाण्डौं । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५, ० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।
बहराइन ६ अंकका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४, ० र यमनसँग २, ० ले पराजित भएको थियो । नेपाल अंक विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८७ औँ मिनेटमा इब्राहिमले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इस्मीलले बहराइनका लागि पाँचौ गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी दिएको थियो ।
समूह ‘एच’ मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई तीन खेलमा तीन जितसहित ९ अङ्कका साथ पहिलो स्थानमा छ । त्यस्तै यमन तीन खेलमा एक जितसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाण्डौं । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । केजरीवाललाई प्रवर्तन निदेशालय (ईडी) को टोलीले पक्राउ गरेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । पक्राउअघि ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ । ईडी केन्द्रीय वित्त मन्त्रालय र राजश्व विभाग मातहतको निकाय हो ।
यसैबीच दिल्ली सरकारकी मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छन् । उनले प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल भएको जनाईन ।

माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ बडेहाँ स्थित श्री शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बिहीबारका दिन एक औपचारिक कार्यक्रमका बिच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
१८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षकरकर्मचारी कार्यरत श्री शैलेश्वरी माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
त्यस्तै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको जानकारी गराए । उनले भविष्यमा पनि अन्य सामाजिक कार्यमा सहयोग गर्न बैंक सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना ः ९.४९ प्रतिशतको स्थिर ब्याजदर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ । न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेका ग्राहकहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

नेपाल लाइफद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा जनाए । बीमा बजारको विकाशका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने उनको प्रतिबद्धता थियो ।
मिलिम्यान समूहका फिलिप ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत् प्रस्तुतीकरण दिएका थिए । उनले नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरे । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।
नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने जनाए ।

मानिसबाट मानिसमाथि हुने विभेद अन्त्य हुनुपर्ने प्रधानमन्त्रीको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन ।
५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहमा उनले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धी रक्षा हुन नसक्ने जानकारी दिए । उनले भने, ‘संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिएपनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित कमी आउन सकेको छैन । छुवाछूत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक वहिस्कार, कुटपिट–हत्या र नाकाबन्दीजस्ता घटनाहरूमा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।’
छुवाछूत उत्पीडनका अतिरिक्त लैंगिक विभेद, भाषिक विभेद र क्षेत्रीय उत्पीडनलगायत विभेदहरू सम्पूर्ण रूपमा अन्त्य हुनुपर्ने भन्दै परिवर्तनका उपलब्धीहरूको रक्षा र विकासका लागि विभेदको अन्त्य आवश्यक भएको जनाए ।देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने जनाए ।
उनले संविधान, ऐन तथा कानुनहरूले सुनिश्चित गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि संघर्षको अर्को विकल्प नदेखिएको भन्दै जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्नेमा पनि जोड दिए।
साथै, उनले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको पनि जनाए । उनले भने, ‘इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका नेपालका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।’
यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलितअधिकार दशक’ रहेको छ ।
संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

अब सदस्यताको भरमा अब पार्टीले टिकट नदिने ओलीको घोषणा

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यताको भरमा अब पार्टीले टिकट नदिने घोषणा गरेका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनप्रतिनिधिहरूको ३ दिने प्रशिक्षण कार्यक्रमलाई बिहीबार भक्तपुरको बोडेमा सम्बोधन गर्दै ओलीले भने, ‘अब व्यक्तिको काम हेरेर मात्र टिकट दिन्छौं ।’
पार्टीको सदस्य बनेको यति वर्ष भयो भनेर घमण्ड गर्नुभन्दा पनि जनता र पार्टीको काममा सक्रिय भएकाहरूको मूल्यांकन हुने उनले जानकारी दिए ।
‘एमालेका हरेक तहमा प्रशिक्षण र भेलाहरू हुने र त्यसपछि परीक्षा लिएर उत्तीर्णको रेकर्ड माथिल्लो तहमा पठाउने व्यवस्था हुनेछ,’ ओलीले भने ।
पार्टीले लिएको परीक्षामा पास भएकाले मात्रै पार्टीभित्र र मुलुकमा हुने निर्वाचनमा टिकट पाउने उनले जनाए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको दिनचर्यासँग जोडिएका कामहरू गर्नुपर्ने भन्दै उनले त्यसले मात्र स्थानीय तहमा समृद्धि आउने जानकारी दिए ।
वडा, नगर, जिल्ला र प्रदेशले सिफारिस गरेको भरमा टिकट दिने विगतको परिपाटीलाई बदल्दै अब काम र सक्रियताको मूल्यांकनले भरिएको फाराम अनुसार निर्णय हुने उनले जनाए ।
बुधबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका अध्यक्षहरू, बागमती प्रदेशमा एमालेबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, एक जिल्लाबाट एक वडाध्यक्ष लगायत एक जनाभन्दा धेरैको सहभागिता रहेको प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन् । लामाका अनुसार शुक्रवार प्रशिक्षण कार्यक्रमको समापन हुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...