Page 11

आज नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरूङ ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।
सोमबारदेखि मुख्य सुरुङ वारपार हुने भएपनि त्यहाँ सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायत काम भने अझै बाँकी छन् । जसकारण सवारी साधन नै सञ्चालन हुने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाले जानकारी दिएको छ ।
सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनामा तीन वटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाइओभर रहेका छन् । आयोजनाले हाल बलम्बुमा फ्लाइओभर निर्माण गरिरहेको छ ।

कुमारी बैंकको साढे चार लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।
प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
आवेदन वैशाख ११ गतेसम्म दिन सकिने बैंकले जनाएको छ

प्रभु इन्स्योरेन्सको साधारणसभा बस्दै

काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ ।
सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
त्यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेस हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्दै छ । तसर्थ, वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

नयाँ बर्षमा निता र शंकरको अदभूत मायाँ सार्बजनिक

काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ुस्माइलुले पनि युगल स्वरमा रहेको नयाँ गीत ुअदभूत मायाु पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।
मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ुस्माइलु सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।
गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ुस्माइलुले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

एमाले संसदीय दलको बैठक ११ बजे बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिईएको छ ।
एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।
यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दैछ ।

 

एसीसी प्रिमियर कपमा नेपाल आज हङकङसँग भिडदै

Kushal Bhurtel of Nepal and Mahamad Asif Sheikh of Nepal interactt during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौं । एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल हङकङसंग भिडदैछ ।ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा खेल बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ । प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ । यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुनेछ । अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

प्रदेश सांसद इन्दिरालाई गरिएको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशसभा सांसद इन्दिरा गिरीलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गरेको कारवाही कार्यान्वयन नगर्न आदेश दिएको हो ।
नाउपा अध्यक्ष श्रेष्ठले गत चैत २१ गते सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन् ।
सुदूरपश्चिम प्रदेशसभा सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार टाँसेका थिए । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाएकी थिइन् ।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले गिरीलाई कारबाही गरिएको जनाइएको थियो । पार्टी अध्यक्षको कारवाहीविरुद्ध सर्वोच्च पुगेकी गिरीलाई अदालतले राहत दिएको छ ।

 

नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको ओलीको आरोप

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको आरोप लगाएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको विषयमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरेका हुन् ।
ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको जानकारी दिएका छन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको जनाए ।
ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको जनाउँदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने जानकारी दिए ।

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० सम्म क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपियाँसम्मको क्यासब्याक पाइनेछ ।
यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपियाँसम्म पैसा पठाउँदा १०० रुपियाँ, ५०,००१ देखि १००,००० रुपियाँसम्म पैसा पठाउँदा २५० रुपियाँ र १००,००० रुपियाँ भन्दा बढी पैसा पठाउँदा ५०० रुपियाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना जुन १०, २०२४ सम्म लागू रहने बैंकले जनाएको छ । बैैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपियाँसम्म थप गरिदिनेछ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

शेयर बजारमा २.३५ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ६ करोड

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ ।
आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा अरु समूह भने राताम्मे भए ।
३ सय २० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सिर्जनशील लघुवित्त, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती हाइड्रो र मिथिला लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.७२, ९.३५, ९.२३ र ८.७० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोेरेका छन् ।
आज सानिमा माई हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...