काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।
उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा बृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने छ ।
साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदुषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता
शेयर बजारमा ३.४३ अंकको गिरावट, कारोबार रकम पनि बढ्न सकेन
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि बढ्न सकेको छैन ।
यसैक्रममा आज बजार ३.४३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से २००६.७८ अंकमा झरेको छ ।
आज जीवन बीमा ०.५०, लघुवित्त १.६५ र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे भने बाँकी राताम्मे भए ।
त्यस्तै आज ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६.६७ रुपियाँ बराबरको कारोबार भयो ।
समग्रमा बजार घटे पनि सबैभन्दा बढी गुराँस लाइफका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाए ।
त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४० प्रतिशतले घाटा व्यहोरे ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २५ करोड ८० लख ५९ हजार १ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । उक्त कम्पनीले आजै ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ, सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ र हिजो मंगलबार १.८५ अंकले बजार घट्दा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएको छ ।
भूकम्पसँगै ताइवान र दक्षिणी जापानी टापुहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कांग्रेसलाई सकस
काठमाडौं । उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउन सकस भएको छ। स्थानीय, क्षेत्रीय र जिल्ला स्तरबाट उम्मेदवारहरु सिफारिस भएर आए पनि कसलाई पठाउने भन्ने विषयमा केन्द्रले टुंगो लगाउन नसकेको हो।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभामा उप निर्वाचन हुँदैछ। ती क्षेत्रमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार पनि बैठक राखेको थियो। तर उक्त बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए।
‘उम्मेदवारको विषयमा गहन छलफल भयो। उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच बुधबार छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ,’ उनले भने।
उम्मेदवार टुङ्गो लगाउन बुधबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जनाए। उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले उम्मेदवार तय गरिसकेका छन्।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको जनाईएको छ ।
बागमती प्रदेशमा एमालेका चार मन्त्रीले लिए शपथ
काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन ।
सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन ।
समाजवादको आधार तयार गर्न सत्ता फेरबदल गरेको प्रधानमन्त्रीको उदघोष
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नकालागि आफूले सत्ता फेरबदल गरेको उदघोष गरेका छन ।
समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको जानकारी दिएका हुन ।
दाहालले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गरेका थिए । गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन् । नयाँ गठबन्धन आवश्यक रहेकोमा दाहालले जोड दिए ।
उनले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुनगतिका साथजानुपथ्र्यो,त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ ।’
विभिन्न चुनौतीकाबीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै दाहालले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको स्पष्ट पारे ।
उनले भने, ‘थुप्रै चुनौतीकाबीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ । सरकारी जग्गा व्यक्तिको नाममालैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ ।’
समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उनको भनाइ छ ।
महालक्ष्मी विकास बैंक र एनआईसी क्यापिटलबीच संझौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एनआईसी एशिया क्यापिटल द्वारा सञ्चालित खुलामुखी योजना – एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ ।
देशभर रहेका लगानीकर्ताहरुको एन. आइ।सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् ।
ग्लोबल आइएमई बैंक र अलोइबीच संझौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ ।
यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रभु महालक्ष्मीको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाएका गजुरेललाई कम्पनीले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो ।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीलेले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीका सीईओ सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा सीईओ प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको जनाए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कर्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।
उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने कम्पनीले जनाएको छ ।