Page 19

शेयर बजारमा १.८५ अंकको गिरावट, कारोबार रकम दुई अर्ब

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १.८५ अंकले तल झरेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से २०१०.२१ अंकमा ओर्लिएको छ ।
आज समग्रमा बजार घटे पनि वित्त, लगानी,१.८५ जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढेका छन् भने बाँकी रामाम्मे भए ।
३१२ कम्पनीका ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ बराबरको कारोबार भयो ।
गुराँस लघुवित्त, गणपति लघुवित्त, उपकार लघुवित्त, वीन नेपाल लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ८.६४, ६.९४ र ६.५० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ज्योति विकास बैंकको बण्डका लगानकिर्ताहरुले सबैभन्दा बढी ७.५० प्रतिशतले घाटा व्यहोरेका छन् ।
गोर्खाज फाइनान्सको आज उच्च कारोबार भयो । उक्त कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ र हिजो सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बागमती प्रदेशमा विना विभागीय मन्त्री आलेले लिइन् शपथ

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनको विभाग पछि तोकिने छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् ।
उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । विनाविभागीय मन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको जानकारी दिईन ।
आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।

 

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
मंगलबारको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले उतर दिनेछन् ।
सभामुख देबराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्रको प्रावधानमाथी सदनमा छलफल र अनुमोदन अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

वाग्मतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।
उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल तीन रनले विजयी

काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा तीन रनको जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो । नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।
अन्तिम ओभरमा वुल्भ्सलाई जितका लागि २० रन आवश्यक थियो । नेपालबाट बलिङमा आएका राशिद खानलाई वुल्भ्सका फियोन ह्यान्डले छक्का प्रहार गरे । दोस्रो बलमा ह्यान्डले दुई रन लिए । तेस्रो बलमा पनि ह्यान्डले दुई रन नै लिए । चौथो बलमा ह्यान्डले चौका प्रहार गरेपछि वुल्भ्सलाई जितका निम्ति दुई बलमा ६ रनमात्रै आवश्यक बनेको थियो ।
पाँचौँ बलमा ह्यान्ड दुई रनका लागि दौडिए पनि आरिफको ‘थ्रो’ मा विकेटकिपर विनोद भण्डारीबाट रनआउट भए । जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा क्रिजमा नयाँ आएका लियम म्याकार्थीले एक रनमात्र लिएपछि नेपाल तीन रनले विजयी भएको हो । अन्तिम बल ‘फुट टस’ भएकाले वुल्भ्सका खेलाडीले ‘नो बल’को माग गरे पनि अम्पायर अधिप प्रधान र बासु कर्णले उक्त मागलाई खारेज गरिदिएका थिए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ५२–४ को नाजुक अवस्थाबाट डेलानीले मोर्गन टोपिङसँग १२९ रनको शतकीय साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । टोपिङले ३७ बलमा चार चौका र चार छक्कासहित ६० रन जोडे । यसबाहेक, ओपनर रस अडायरले ३१ रन बनाउँदा फियोन ह्यान्डले २२ रन थपे ।
नेपालका विपीन खत्रीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले एक मेडन राख्दै २३ रन खर्चिए । कमलसिंह ऐरी, नारायण जोशी र राशिदले समान एक विकेट हात पारे । त्यसअघि आरिफ सेखको आक्रामक ब्याटिङमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए । उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।
आरिफले ३३–३ को स्थितिबाट बसिर अहमेदसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । बसिरले स्कोरबोर्डमा १९ रन थपे । नवौँ नम्बरमा ब्याटिङमा लागि आएका कमलसिंह ऐरीले आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालले २०० रनको आँकडा पार गरेको हो ।
आरिफसँगै अविजित रहेका कमलले सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । यसबाहेक, राशिदले २४, पवन सर्राफले १३, र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।
आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए । गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक विकेट लिए ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि अन्तिम खेलअगावै जितिसकेको थियो । यसअघि वुल्भ्सले नेपाल ‘ए’लाई पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले हराएको थियो । अब यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

शेयर बजारमा ६.२६ अंकको गिरावट, दुई अर्ब ८७ करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार ओरालो झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ६.२६ अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१२.०७ अंकमा ओर्लिएको छ ।
होटल एण्ड टुरिजम समूह १.१६ प्रतिशतले बढ्यो भने बाँकी समूह राताम्मे भए ।
आज ३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि गुराँस लघुवित्त, माई खोला हाइड्रो र महुली लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.४४ प्रतिशतले नाफा कमाए ।
त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले घाटा व्यहोरे ।
आज पनि सर्वोत्तम सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजनार ३ सय २४.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हेटौंडा । नेपाली कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन ।
हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सभामा ११० सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन ५६ मत चाहिन्छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन ।

 

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुत ब्यापार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...