Page 19

शेयर बजारमा १.८५ अंकको गिरावट, कारोबार रकम दुई अर्ब

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १.८५ अंकले तल झरेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से २०१०.२१ अंकमा ओर्लिएको छ ।
आज समग्रमा बजार घटे पनि वित्त, लगानी,१.८५ जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढेका छन् भने बाँकी रामाम्मे भए ।
३१२ कम्पनीका ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ बराबरको कारोबार भयो ।
गुराँस लघुवित्त, गणपति लघुवित्त, उपकार लघुवित्त, वीन नेपाल लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ८.६४, ६.९४ र ६.५० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ज्योति विकास बैंकको बण्डका लगानकिर्ताहरुले सबैभन्दा बढी ७.५० प्रतिशतले घाटा व्यहोरेका छन् ।
गोर्खाज फाइनान्सको आज उच्च कारोबार भयो । उक्त कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ र हिजो सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बागमती प्रदेशमा विना विभागीय मन्त्री आलेले लिइन् शपथ

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनको विभाग पछि तोकिने छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् ।
उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । विनाविभागीय मन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको जानकारी दिईन ।
आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।

 

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
मंगलबारको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले उतर दिनेछन् ।
सभामुख देबराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्रको प्रावधानमाथी सदनमा छलफल र अनुमोदन अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

वाग्मतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।
उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल तीन रनले विजयी

काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा तीन रनको जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो । नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।
अन्तिम ओभरमा वुल्भ्सलाई जितका लागि २० रन आवश्यक थियो । नेपालबाट बलिङमा आएका राशिद खानलाई वुल्भ्सका फियोन ह्यान्डले छक्का प्रहार गरे । दोस्रो बलमा ह्यान्डले दुई रन लिए । तेस्रो बलमा पनि ह्यान्डले दुई रन नै लिए । चौथो बलमा ह्यान्डले चौका प्रहार गरेपछि वुल्भ्सलाई जितका निम्ति दुई बलमा ६ रनमात्रै आवश्यक बनेको थियो ।
पाँचौँ बलमा ह्यान्ड दुई रनका लागि दौडिए पनि आरिफको ‘थ्रो’ मा विकेटकिपर विनोद भण्डारीबाट रनआउट भए । जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा क्रिजमा नयाँ आएका लियम म्याकार्थीले एक रनमात्र लिएपछि नेपाल तीन रनले विजयी भएको हो । अन्तिम बल ‘फुट टस’ भएकाले वुल्भ्सका खेलाडीले ‘नो बल’को माग गरे पनि अम्पायर अधिप प्रधान र बासु कर्णले उक्त मागलाई खारेज गरिदिएका थिए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ५२–४ को नाजुक अवस्थाबाट डेलानीले मोर्गन टोपिङसँग १२९ रनको शतकीय साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । टोपिङले ३७ बलमा चार चौका र चार छक्कासहित ६० रन जोडे । यसबाहेक, ओपनर रस अडायरले ३१ रन बनाउँदा फियोन ह्यान्डले २२ रन थपे ।
नेपालका विपीन खत्रीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले एक मेडन राख्दै २३ रन खर्चिए । कमलसिंह ऐरी, नारायण जोशी र राशिदले समान एक विकेट हात पारे । त्यसअघि आरिफ सेखको आक्रामक ब्याटिङमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए । उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।
आरिफले ३३–३ को स्थितिबाट बसिर अहमेदसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । बसिरले स्कोरबोर्डमा १९ रन थपे । नवौँ नम्बरमा ब्याटिङमा लागि आएका कमलसिंह ऐरीले आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालले २०० रनको आँकडा पार गरेको हो ।
आरिफसँगै अविजित रहेका कमलले सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । यसबाहेक, राशिदले २४, पवन सर्राफले १३, र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।
आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए । गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक विकेट लिए ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि अन्तिम खेलअगावै जितिसकेको थियो । यसअघि वुल्भ्सले नेपाल ‘ए’लाई पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले हराएको थियो । अब यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

शेयर बजारमा ६.२६ अंकको गिरावट, दुई अर्ब ८७ करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार ओरालो झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ६.२६ अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१२.०७ अंकमा ओर्लिएको छ ।
होटल एण्ड टुरिजम समूह १.१६ प्रतिशतले बढ्यो भने बाँकी समूह राताम्मे भए ।
आज ३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि गुराँस लघुवित्त, माई खोला हाइड्रो र महुली लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.४४ प्रतिशतले नाफा कमाए ।
त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले घाटा व्यहोरे ।
आज पनि सर्वोत्तम सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजनार ३ सय २४.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हेटौंडा । नेपाली कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन ।
हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सभामा ११० सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन ५६ मत चाहिन्छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन ।

 

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुत ब्यापार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...