काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले बहुमत सांसदसहित दाबी पेश गरेका सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र १ जना स्वतन्त्र सांसदको समर्थन छ ।
प्रदेश प्रमुख नजिर मियाँले बिहीबारसम्मका लागि दलहरूलाई दाबी पेश गर्ने समय दिएकोमा सोडारीले दाबी पेश गरेका थिए ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण हुँदै
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना दुई शाखा स्थानान्तरण गर्ने भएको छ ।
हालको काठमाडौं महनगरपालिका–३, नारायण गोपालचोकस्थित रहेको साविक सनराइज बैंकको शाखा यही वैशाख १२ गतेदेखि सूर्यविनायक नगरपालिका–२, भक्तपुरमा स्थानान्तरण गर्न लागिएको बैंकले जानकारी दिएको छ ।
सम्बन्धित शाखाबाट दिँदै आएको सेवा हालको भाटभटेनी सुपरमार्केट महारागन्जमा रहेको साविक लक्ष्मी बैंकको शाखाबाट प्रदान गरिने बैंकले जनाएको छ । यो सेवा यही ११ गतेदेखि सुरु हुनेछ ।
त्यसैगरी, बैंकले अर्को शाखा कामनपा–३२, पेप्सीकोला (साविक लक्ष्मी बैंक लिमिटेड) पनि वैशाख १२ गतेदेखि मध्यपुर थिमि नगरपालिका–८, भक्तपुर, बोडेमा स्थानान्तरण गर्न लागेको हो । सो शाखाबाट प्रदान गरिँदै आएको सेवा हालको स्थानबाट ३०० मिटर पूर्व–उत्तर सनराइज चोकनजिक रहेको लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लिमिटेड) बाट दिइने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले भारतमा पढन जाने विद्यार्थीलाई कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रालिका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकले हब इन्टरनेशनलले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ ।
हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिनेछ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र छन् ।
शेयर बजारमा १९.५६ अंकको गिरावट, नेप्से १९७२.१४ अंकमा
काठमाडौं । नयाँ वर्ष २०८१ मा चार दिन शेयर बजार खुल्दा चारै दिन बजारमा गिरावट आएको छ । यी चार दिनमा बजार ५३.५४ अंकले घटेर नेप्से १९७२.१४ अंकमा आइपुगेको छ ।
यसैक्रममा साताको अन्तिम दिन आज बजार १९.५६ अंक तथा ०.९८ प्रतिशतले घटेको छ । सबै उपसूचक राताम्मे भएका छन् । लघुवित्त समूह सबैभन्दा बढी १.७२ प्रतिशतले घटेको हो ।
आज ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६ सय १३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ जहार ७ सय ९२.७८ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि खानीखोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९४ प्रतिशतले नाफा कमाएका छन् । आज ५४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकीको घटेको छ ।
त्यस्तै आज रुरु जलविद्युत, गोर्खाज फाइनान्स, सिभिल बैंकको डिबेञ्चर, सीवाईसी नेपाल लघुवित्त र सिद्धार्थ बैंकको ऋणपत्रका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.३९, ८.८९, ६.१२ र ५.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ, सोमबार १६.८२ अंकले बजार घट्दा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ र मंगलबार १४.८१ अंकले बजार घट्दा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८.५८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन् ।
बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौँ । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’
सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइट पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।
एमालेको जनसंगठनहरुले महिला राष्ट्रिय भेला गर्ने
काठमाडौं । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठकले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा बुधबार बसेको संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयन्त्रका संयोजक, पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले जानकारी दिए ।
संयोजक ढकालले दिएको जानकारीअनुसार समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको हो ।
भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले महिला राष्ट्रिय भेलाको समापन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
बैठकले महिला राष्ट्रिय भेलाको व्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सचिवमा पार्टीका केद्रीय सदस्य तथा बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहेकी छन ।
यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित पेम्बा लामा, जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य रहेका छन ।
राष्ट्रिय महिला भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । अनेमसंघको हकमा भने जिल्ला अध्यक्षसम्म मात्रै सहभागी गराउने मापदण्ड पारित गरेको संयोजक ढकालले जानकारी दिए । भेलामा जनसंगठनमा आवद्ध रहेका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।
यसैगरी बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकका लागि आवश्यक सबै तयारीका काममा सघाउने निर्णय गरेको छ । यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेन प्रतिनिधि परिषद्को पहिलो बैठक आयोजना गरिएको छ । बैठकपछि जेठ १० गते पार्टी स्थापना दिवसको अवसरमा गोदावरीमै विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो संगठनको तर्फबाट विशेष रूपमा उपस्थिति गराउन बैठकले सवै जनसंगठनलाई निर्देशन दिएको छ ।
यसैगरी बैठकले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा जेठ र असार महिनाभर विशेष कार्यक्रमको आयोजना गरी मनाउन सबै जनसंगठनहरुलाई निर्देशन दिएको एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिईन ।
जापानमा गयो ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको जनाइएको छ । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो ।
भूकम्पपछि कुनै क्षतिको जानकारी आएको छैन ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको हो ।
सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
इलामको विकासको जिम्मा एमालेले लिने ओलीको दाबी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र–२ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको जानकारी दिएका छन ।
इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेका जनाए ।
सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका उनको भनाइ छ ।
इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिनुभएको जनाउँदै उहाँले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने स्पष्ट पारे । विकासको जिम्मा एमालेले लिने पनि उनले प्रष्ट पारे ।
सांसद हुने कुरा भन्दा पनि देश बनाउने कुरा प्रमुख भएको अध्यक्ष ओलीको भनाइ छ ।
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, हेरिटेज सोसाईटीलाई ५ लाख सहयोग
काठमाडौँ । एनएमबि बैंकले आज बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाखको सहयोगका साथैे किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।
बैंकले प्रदेश नं। १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंक, विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।