काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।
ढुंगाना यसअघि २०७९ असार १७ गतेदेखि लागू हुने गरी २ वर्षका लागि उक्त बैंकको सीईओ नियुक्त भएका थिए ।
नबिलका सीईओ ढुंगानाको दुई वर्ष थपियो कार्यकाल
प्रतिनिधिसभामा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच झडपको स्थिति सृजना भएको छ ।
कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि काँग्रेस र सत्तापक्षका सांसदबीच धकेलाधकेल भएको हो।
सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन ।
राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
कांग्रेसले बिहीबार पनि अवरोध कायमै राखेपछि अध्यक्ष नारायणप्रसाद दाहालले भोलि शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका छन् ।
बिहीबारको बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते
पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका.४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।
उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका.४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।
दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । बिहानै बस्ने बैठकबाट सोडारीले विश्वासको मत लिन लागेका हुन् । सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिए पनि एमाले भने तत्काल प्रदेश सरकारमा सहभागी हुनेछैन ।
सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।
प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मङ्गलवार गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने, उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाईएको छ ।
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
बीबीसी । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।
स्थानीय सञ्चारमाध्यमले उनको पेट पाखुरा र खुट्टामा गोली लागेको जानकारी दिएका छन् । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमा गोली प्रहार भएको हो ।
घटनास्थलमा रहेका पत्रकारका अनुसार थुप्रै गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ ।
भिडियोमा गोली चल्नबित्तिकै केही व्यक्तिहरू गोली चलाएको भनिएका मानिसलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ ।
स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको जनाएका छन् ।
घटनाबारेमा थप जानकारी आइसकेको छैन । प्रधानमन्त्रीको फेसबुक पेजमा उनी कठिन अवस्थामा रहेको जनाइएको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक्समा घटनाबाट आफू ‘सक’ भएको जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय विभिन्न व्यक्तित्वले घटनाको निन्दा गरेका छन् । स्लोभाकियाको आन्तरकि मामिला सम्बन्धी मन्त्रालयले प्रधानमन्त्रीको हत्या गर्न प्रयास भएको जनाएको छ ।
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।
घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।
एमालेको बारेमा विचार पुर्याएर बोल्न कांग्रेसलाई ओलीको चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन ।
पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन ।
उनले भने, ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेश बमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरे । रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको अध्यक्ष ओलीले स्पष्ट पारे ।
क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर
काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।
जिल्ला अदालत काठमाण्डौले बलात्कार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेकोमा उच्च अदालत पाटनले सफाइ हुने फैसला गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उच्च अदालतले फैसला उल्ट्याएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको छ ।