Page 13

दलका प्रमुख सचेतकहरुसँग १२ः३० बजे परामर्श गर्दै सभामुख

काठमाडौँ, ५ माघ : रासससँग कुराकानी गर्नुहुँदै सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे व्यवस्थापिकाको नेतृत्व सम्हाल्नुभएको एक वर्षमा भएगरेका संसदीय अभ्यास र समसामयिक विषयमा राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन ।
सभामुख घिमिरेले आज दिउँसो १२ः३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन ।
आज अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ ।
सभामुख यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लागेका हुन ।

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाण्डौं । आज सरकारको आगामी आर्थिक वर्ष २०८१, ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ।
यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।

मिस युनिभर्स नेपाल, २०२४ का लागि आवेदन खुला

काठमाडौं । सौन्दर्य प्रतियोगिता ुमिस युनिभर्स नेपालुका लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनम ‘मिस युनिभर्स नेपाल, २०२४’ का लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले मिस युनिभर्स नेपाल, २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित भएको जनाईन ।
“हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौँ । यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ,” उनले पत्रकार सम्मेलनमा भनिन्, “म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरूलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरूको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।”
प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेस गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन् ।
सहभागीहरूले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरू छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धिहरू छानिनेछ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनिहरूको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरूले दुईदिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धिहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरूलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस युनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३औँ मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा बापत १० लाख रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तरगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ ।
बैंकको आर्दशनगर विरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बीमा रकम हस्तान्तरण गरिएको हो ।
बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दुशेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी भुक्तानीको चेक मृतक यादवकी श्रीमती शोभालाई हस्तान्तरण गरेका हुन् ।
बैंकल न्यू स्मार्ट तलव खाता अन्र्तगत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवम् औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

कठमाडौं । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ ।
उनीहरुबीच सिंहदरबारमा छलफल भएको हो । शीर्ष तीन नेताबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको बुझिएको छ ।
आजै प्रधानमन्त्री प्रचण्डले संसद अवरोध गर्दै आएको प्रतिपक्षी दल काँग्रेससँग पनि छलफल गर्नुहुने जनाईएको छ ।

प्रदीप यादव र हसिना खानले लिए शपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शपथ खुवाएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए । उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।

शेयर बजारमा २४.३९ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.३९ अंकले उचालिएको हो । १.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९८.८९ अंकमा उक्लिएको छ ।
आज बजारमा सुधार देखिएपछि वित्त, होटल, उत्पादनमूलक र निर्जीवन बीमा समूह भने राताम्मे भएका छन् । अरुमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ३.२१ अंकले बढेको हो ।
बजारमा आज ३२० कम्पनीका ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७.९१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नारायणी डेभलपमेनट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रो १०–१० प्रतिशतले बढ्दा सिर्जनशील लघुवित्त र हिमालयन उर्जाका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् । गुराँस लघुवित्त ९.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ३० करोड ८० लाख रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ८.२६ अंकले बजार बढ्दा ३ अर्ब १५ करोड ५१ लख ४२ हजार १ सय ६८.४३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

जसपा आजै सरकारबाट बाहिरिने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ ।
आज बस्ने पार्टीको केन्द्रीय समिति बैठकले बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरिन लागेको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।
यसअघि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिकरुपमा सार्वजनिक गरिने चौरसियाको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए ।
गत वैशाख २३ गते यादव नेतृत्वको पार्टी जसपा फुटेको थियो । अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद र ३० जना केन्द्रीय सदस्यले जनता समाजवादी पार्टी बनाएका छन ।
यादव सरकारबाट बाहिरिएपछि उपप्रधानसहित स्वास्थ्य मन्त्रालयमा नयाँ पार्टी जसपाका अध्यक्ष अशोक राई सहभागी हुने सम्भावना रहेको जनाईएको छ ।
यसैगरी, सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी हुनसक्ने जनाईएको छ ।

 

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने गरि शुक्रबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...