Page 15

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन ।
शुक्रबारको बैठकमा सम्बोधनका लागि वेलमा पुगेका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदले रोकेका थिए ।

 

जीबी राईलाई यसअघिको सरकारले भगाएको गृहमन्त्रीको आरोप

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको जानकारी दिएका छन । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ भगाएको मान्छेुलाई खोज्न समय लाग्ने जनाए ।
सञ्चारकर्मीले उनलाई जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेका थिए । जवाफमा उनले भने, भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।
त्यसो भए कसले भगायो ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, भाग्दाखेरी सरकारमा को थियो ?
उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको जनाए ।
उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको जानकारी दिए ।

नेपाली काँग्रेसले छुद्र राजनीति गरेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन ।
शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन । अध्यक्ष ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाएका हुन ।
उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भने उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ र ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन । आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।
कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब

काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब ५५ करोड नाघेको छ ।
समग्रमा सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । गत आवको यसै अवधीमा १० अर्ब ९१ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा १३ अर्ब ५५ करोड ३६ लाख ८३ हजार २०४ रुपैयाँ संचिती गरेको छ । त्यस्तै, जगेडा कोषमा ९९ करोड ७२ लाख रुपैयाँ संचित छ भने महाविपत्ति कोषमा १२ करोड रुपैयाँ संचिती रहेको छ ।
सानिमा रिलायन्स लाइफले चालु आवको नौ महिनाको अवधीमा कूल चार अर्ब २७ करोड ६१ लाख रुपैयाँ संचिती गरेको छ । कूल बीमा शुल्क आम्दानी चार अर्ब एक करोड ४१ लाख ३३ हजार ४३ रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी एक अर्ब ८४ करोड ९२ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।
नौ महिनाको अवधीमा एक अर्ब २० करोड भन्दा बढि खुद दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दावी भुक्तानी ३० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफले आफना बीमा अभिकर्ताहरुलाई ४३ करोड ३१ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ । समीक्षा अवधीमा सानिमा लाइफले कूल ३० करोड ४८ लाख ३१ हजार ९२१ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको मुनाफा जम्मा १५ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीमा जम्मा नौ लाख ३३ हजार ११२ वटा बीमा पोलिसी कायम रहेका छन् ।
चार अर्ब १८ करोड चुक्ता पुँजि रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९।७१ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७६.१९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

कोसी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

काठमाडौं । कोसी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कोसीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका हुन् ।
नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो । सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गाउँपालिकाको भवन उदघाटन गर्न प्रधानमन्त्री सल्यान जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदैछन् ।
दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।

आज अक्षय तृतीया, जौँको सातु र सर्वत खाएर मनाईदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौँ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।
पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ ।

दरबारमार्गबाट हुन्डीको झण्डै एक करोड रकमसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डौं । आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो ।
बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।
यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...