Page 15

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन ।
शुक्रबारको बैठकमा सम्बोधनका लागि वेलमा पुगेका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदले रोकेका थिए ।

 

जीबी राईलाई यसअघिको सरकारले भगाएको गृहमन्त्रीको आरोप

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको जानकारी दिएका छन । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ भगाएको मान्छेुलाई खोज्न समय लाग्ने जनाए ।
सञ्चारकर्मीले उनलाई जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेका थिए । जवाफमा उनले भने, भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।
त्यसो भए कसले भगायो ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, भाग्दाखेरी सरकारमा को थियो ?
उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको जनाए ।
उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको जानकारी दिए ।

नेपाली काँग्रेसले छुद्र राजनीति गरेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन ।
शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन । अध्यक्ष ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाएका हुन ।
उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भने उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ र ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन । आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।
कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब

काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब ५५ करोड नाघेको छ ।
समग्रमा सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । गत आवको यसै अवधीमा १० अर्ब ९१ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा १३ अर्ब ५५ करोड ३६ लाख ८३ हजार २०४ रुपैयाँ संचिती गरेको छ । त्यस्तै, जगेडा कोषमा ९९ करोड ७२ लाख रुपैयाँ संचित छ भने महाविपत्ति कोषमा १२ करोड रुपैयाँ संचिती रहेको छ ।
सानिमा रिलायन्स लाइफले चालु आवको नौ महिनाको अवधीमा कूल चार अर्ब २७ करोड ६१ लाख रुपैयाँ संचिती गरेको छ । कूल बीमा शुल्क आम्दानी चार अर्ब एक करोड ४१ लाख ३३ हजार ४३ रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी एक अर्ब ८४ करोड ९२ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।
नौ महिनाको अवधीमा एक अर्ब २० करोड भन्दा बढि खुद दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दावी भुक्तानी ३० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफले आफना बीमा अभिकर्ताहरुलाई ४३ करोड ३१ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ । समीक्षा अवधीमा सानिमा लाइफले कूल ३० करोड ४८ लाख ३१ हजार ९२१ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको मुनाफा जम्मा १५ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीमा जम्मा नौ लाख ३३ हजार ११२ वटा बीमा पोलिसी कायम रहेका छन् ।
चार अर्ब १८ करोड चुक्ता पुँजि रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९।७१ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७६.१९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

कोसी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

काठमाडौं । कोसी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कोसीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका हुन् ।
नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो । सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गाउँपालिकाको भवन उदघाटन गर्न प्रधानमन्त्री सल्यान जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदैछन् ।
दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।

आज अक्षय तृतीया, जौँको सातु र सर्वत खाएर मनाईदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौँ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।
पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ ।

दरबारमार्गबाट हुन्डीको झण्डै एक करोड रकमसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डौं । आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो ।
बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।
यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...