Page 21

सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न ओलीको अनुरोध

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न अनुरोध गरेका छन । उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने जानकारी दिएका छन ।
बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्न तिर लाग्न आवश्यक छ । सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरुलाई व्यवस्थापनकालागि लाग्न आवश्यक छ ।’
जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने जनाए । उनले भने, ‘अहिले हामी सरकारमा आएका छौं । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् । जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’
आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औंल्याए ।
उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिँए भोकमरीले कोही मर्दैनन् । अर्कोपटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दा पनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाउ भन्न मिल्दैन ।’

शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार रकम चार अर्ब १३ करोड

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ ।
लघुवित्त बाहेक अरु सूचक राताम्मे भए । लघुवित्त भने ३.४५ प्रतिशतले बढेको हो ।
आज ३०८ कम्पनीका ९४ लाख ९८ हजार २ सय ९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६.२३ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् ।
विजय लघुवित्त र आरएसडीसी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.७१ र ८.७१ प्रतिशतले नाफा कमाएका छन् ।
आज पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आजैमात्रै ३४ प्रतिशत लाभांश घोषणा गरेको आइएमई लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १४.३३ अंकले उचालिंदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ र सोमबार बजार ०.०७ अंकले बढेको थियो । त्यस्तै मंगलबार २५.९३ अंकले बजार बढ्दा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १.६६ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो बुधबार भने मे दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ ।
जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो ।

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको चौथो खेल आज १ बजे हुँदै

काठमाण्डौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २, १ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।
नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने जनाईएको छ ।

श्रीमान्‌‌को बन्चरो प्रहारबाट महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।
मंगलबार जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका थिए।
धनगढीस्थित मायामेट्रो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रमोदबहादुर मल्लले पुष्टि गरे। उनका अनुसार अस्पतालले उनलाई बुधबार बिहान ११ बजे मृत घोषणा गरेको हो।
अहिले उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले जानकारी दिए। मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाएका छन्।

वैशाख २५ गतेदेखि बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाण्डौं । सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्‌को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको जानकारी दिए ।
‘वैशाख २५ या २६ गते अधिवेशन बोलाउने तयारी छ’, मन्त्री गिरीले बुधवार सञ्चारकर्मीसँगको कुराकानीमा भने ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्‌को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गर्ने सरकारको तयारी गरेको छ ।
जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि संसद्‌मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बजेट अधिवेशनको कार्यसूची रहन्छ । संसद्‌मा प्रिबजेट छलफल भने सम्पन्न भइसकेको छ ।
सरकारले बजेट अधिवेशनको तयारी गर्दैगर्दा कांग्रेसले सहकारीको मुद्दा संसद्‌मा चर्काउने तयारी गरेको छ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ ।
कांग्रेसले संसद्‌मा विरोध चर्काएपछि सरकारले वैशाख २ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने दाबी गरेका छन ।
एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने जानकारी दिए ।
“मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।”
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको जनाए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने स्पष्ट पारे । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।
“सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।”
देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्े, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।”
सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यवहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।
“सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्र लगायत सबैको साथ रहने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...