Page 4

नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्‍न

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
लेखापरीक्षकको प्रतिवेदनसहित अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९, ८० को वार्षिक प्रतिवेदन साथै नियमावली संशोधन तथा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
आर्थिक वर्ष २०७९, ८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र त्यससँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण साधारणसभाले पारित गरेको छ । जसअनुसार हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब २० करोडको २३.८० प्रतिशतले ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीका अध्यक्षले कम्पनीको सूचांक सन्तोषजनक रहेको तथा जोखिममा आधारित व्यवसाय गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा आर्थिक क्रियाकलापसँगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास व्यक्त गरेका थिए ।

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाडौंस्थित द सोल्टी होटेल ग्रुप र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिएको हो ।
सोल्टी होटेल ग्रुपअन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।
सम्झौताअनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशट छुट प्राप्त गर्न सक्नेछन् ।
विगत ५ दशक भन्दा वढि देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समूहले योगदान गर्दैआएको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समितिमा सहमति नभए बजेटमा पनि अवरोध कांग्रेसको चेतावनी

काठमाडौँ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नजुटे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणका दौरान पनि संसद्मा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै प्रकाशशरण महतले संसदीय छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्ने जानकारी दिए । बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
उनले आजको बैठक बिहान प्रधानमन्त्रीसहित शीर्ष नेता र कार्यदलको बैठकमा भएको छलफलमा केन्द्रित भएको जनाए । ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ । नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता खुल्ने गरी आउनुभयो भने ठिकै छ, त्यसरी आउनुभएन सहमति गर्न सकिँदैन । भोलि पनि हाम्रो अवरोध जारी रहन्छ ।’
महतले आजै प्रधानमन्त्रीसँग छलफल गर्न नेताहरू बालुवाटार जाने पनि जानकारी दिए ।

प्रधानमन्त्री र कांग्रेसका नेताहरू बालुवाटारमा छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि उनीहरु बालुवाटार पुगेका हुन ।
उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्र कार्की र जीवन परियार बालुवाटार पुगेका हुन् ।
त्यसअघि काँग्रेस नेताहरूबीच सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल गरेका थिए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै काँग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ ।

बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदल सदस्यहरूको बैठक सोमबार बिहान नौ बजेका लागि बोलाइएको हो । बैठकका लागि नेताहरू अहिले बालुवाटार पुग्ने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेता सहभागी हुने जनाईएको छ ।
त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी हुनेछन् । शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ ।
‘सम्भव त आज सहमति हुन्छ । सहमति गर्दा पीडितलाई न्याय दिने गरी र बचतको सुरक्षा गर्ने गरी नै भाषा शब्द प्रयोग हुन्छ’, एमाले प्रमुख सचेतक तथा कार्यदल सदस्य महेश बर्तौलाले भने, ‘हामी सहमति हुनेमा विश्वस्त छौँ तर कांग्रेसको कोर्टमा बल छ ।’
यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेपछि र सत्ता पक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया लम्बिएको थियो ।

‘वार्म अप’ खेलमा आज नेपाल र क्यानडाबीच खेल हुँदै

काठमाडौं । आइसीसी टी २० विश्वकप अघिका वार्म अप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।
अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुँदैछ ।
नेपाल र क्यानडाबीच अहिलेसम्म एक मात्र टी २० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको थियो ।
आइसीसीको टी २० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।
नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

काठमाडौं । गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।

प्रभु बैंक र मनाङको फार्म हाउस होटलबीच संझौता

पोखरा । हिमाल पारिको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटलले प्रभु बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई सेवामा विशेष छुट दिने भएको छ । फार्म हाउस होटल र प्रभु बैंकबीच शुक्रबार एक समारोहबीच सम्झौता भएको हो ।
फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिडरक्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । एग्रो मनाङ प्रालिद्वारा संचालित फार्म हाउस होटल बिगत पाँच वर्षयता संचालनमा आएको मनाङ जिल्लाकै सुविधासम्पन्न होटलको रुपमा चिनिन्छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट समान किन्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउने छन् । यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु. ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु. ७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।
बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ ।

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन ।
सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानीनोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गरे ।
उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख भने । साथै उनले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...