काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुट्न सकेन । शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।
यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनले भने,‘सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिरहनुभएको छ । त्यसका विषयमा छलफल भयो । छलफल आज सकरामतक भएको छ । समिति बनाउने तर्फ सबैको जोडबल छ र सकारात्मक नै छ ।’
नेता लेखकले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिए ।
बैठकबाट कांग्रेस बाहिरिएपछि सत्ता पक्षको बैठक बसिरहेको छ ।
बालुवाटारमा दलहरूबिच जुटेन सहमति
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको जनाउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जनाएका थिए ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक बस्दै
काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ ।
यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको दाबी थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकार पक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आएको र आफूहरुले अस्वीकार गरेको जानकारी दिएका थिए ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउने प्रयास गर्नेछ । कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार रहेका छन् ।
संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । दुवै सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । तर संसद्मा अवरोध गर्दै आएको विपक्षी दल कांग्रेसको अवरोध खुल्नेबारे भने कुनै सहमति भइसकेको छैन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तापक्ष र बिपक्षबीच सहमति हुन सकेको छैन् । समिति गठर्नेबारे छलफल गर्न बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको भएपनि कार्यक्षेत्रका विषयमा सहमति नजुट्दा ती प्रयास असफल हुँदै आएका छन् ।
विपक्षीले निरन्तर संसद् अवरुद्ध बनाएपछि सरकारले नीति तथा कार्यक्रम पनि बहुमतले पारित गरेर अघि बढ्ने तयारी गरेको छ । शुक्रबार दुवै सदनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । अब जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन् ।
सभामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची छ भने उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने उद्योगमन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेश गर्ने, उठेका सवालहरुमा प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।
रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते
मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन ।
घाइते हुनेहरुमा नौं जना विद्यार्थी, दुईजना शिक्षक र चालक छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।
घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । उनका अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।
बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।
सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । सर्ट लिष्टमा खनालसहित कृष्ण बहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।
प्रभु बैंकका र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच संझौता
विराटनगर । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७, मोरङस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहकाबीच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख व्यापार केन्द्र अधिकृत बद्रिकुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरलेले निरन्तर स्तरीय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा एक हजार देखि एक हजार ५ सयसम्मको छुट व्यवस्था रहेको छ ।
ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित बैंक हो ।
नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहल गर्ने भएको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको हो ।
त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।
एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ । बैठकले खाद्य,आवास प्रचार, लगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जानकारी दिएको छ ।
संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।
सिंहदरबारमा आज बसेको बैठक निष्कर्षविहीन भएको हो । बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्ने जानकारी दिइएको छ ।
प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने माग राख्दै आएको छ भने सरकार व्यक्तिको नाम नतोकि समग्र छानबिन हुनुपर्ने पक्षमा छ ।
टीओआरबारे छलफल गर्न समितिको बैठक ३ बजे बस्दै
काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ । कार्यादेश टुंगो लगाउन दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई अनुरोध गरेको छ ।
सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने जनाउँदै आएको छ । पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ ।