Page 15

उपेन्द्र यादवको रिट पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ ।
यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत जानु भएको हो ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन । अशोक राईसँग ७ जना सांसद छन् ।

विद्यालयले भाडामा दिएका सटरमा ताला लगाउँदै काठमाडौँ महानगर

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्लायले भाडामा लगाएका सटरमा धमाधम ताला लगाउन थालेको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।
विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बल सहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो।
महानगरले रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन। व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ।
‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ। विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ।’

ग्लोवल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौं । ग्लोवल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आईतवार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् । डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरु समेत रहेका छन् ।
यो नेपालमा नै पहिलो पटक ग्लोवल आइएमई बैंकले शुरुवात गरेको हो । ग्लोवल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो शुरुवात भएको जानकारी दिए । उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रुपमा विकास गर्न खोजेको जनाए । उनले डिजिटल युनिभर्समा बैंकका सबै डिडिटल कारोबारलाई डिजिटल लाउन्जको रुपमा शुरुवात गरिएको जनाए । उनले डिजिटल युनिभर्समा एटिएस,क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको जानकारी दिए ।
बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा मानिएको छ ।
डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको शुरुवात भएको उनको भनाई छ । आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकुल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोवल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकको प्रहरी अस्पताललाई सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरी सहयोग गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्यालउन सवारी साधन निकै उपयोगी हुने उनले जानकारी दिए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरे । नेपाल प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरे । कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वाचस उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंकका ग्राहकले सौराहाका होटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली , कसरा, देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।
बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्ती सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षको केन्द्र हो ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ ।
नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दैै आएको बैंकले जनाएको छ ।

दक्षिण अफ्रिकासँग नेदरल्यान्ड्स पराजित

काठमाण्डौं । दक्षिण अफ्रिकासँग पराजित हुँदै नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो हार व्यहोरेको छ।
शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो। नेदरल्यान्डस्ले भने विश्वकपमा पहिलो हार व्यहोरेको हो।
नेदरल्यान्डस्ले दिएको १ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा गुमायो।
दक्षिण अफ्रिका एक समय ४.३ ओभरमा १२–४ को दयनिय अवस्थामा थियो। डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकालाई जिततर्फ उन्मुख गरेका थिए।
मिलरले ५९ रनमान नटआउट रहे। उनले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। स्टब्स ३७ बलमा ३३ रनमा आउट भए।
अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले समान २ विकेट लिए। बास डी लिड्सले १ विकेट लिए।
त्यसअघि न्युयोर्ककको नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो।
साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए। उनले ४५ बलमा २ चौका र १ छक्का हाने। भान बिकले २३ र विक्रमजीत सिंहले १२ र स्कट एडवड्र्सले १० रन बनाए।
दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए। मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए।
समूह डी मा रहेको दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशको एक खेलबाट २ अंक छ। नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ। नेपाल र श्रीलंका भने अंकविहिन छन्।

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री आज भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।
प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी जानेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।
सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।

प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटबारे छलफल हुनेछ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको जनाईएको छ ।
बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्यालले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

वर्तमान गठबन्धन आउँदो निर्वाचनसम्म टिक्ने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आउँदो निर्वाचनसम्म टिकाई राख्ने दाबी गरेका छन ।
रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने जानकारी दिए ।
उनले भने, ‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन । यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ ।’
उनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने जनाए ।
उनले भने, ‘अहिले जुन नेपालको राष्ट्रिय राजनीति छ, हामी राष्ट्रिय शक्तिहरु एकै ठाउँमा बसेर राष्ट्र निर्माणको कामलाई अगाडि लैजाउँ भनेर पछिल्लो समयमा एउटा नयाँ अभ्यास सुरु भएको छ । हामीले गठबन्धन गरेर निर्वाचन पनि लड्यौँ, सरकार पनि बनायौँ, तर त्यसैबाट मात्र के देशको निर्माण सम्भव छ । त्यसमा विचार पनि एउटै हुनुपर्छ, विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुन्छ । त्यसकारण अहिले सोच मिल्नेहरुसँग नयाँ गठबन्धन भएको छ र यो सरकार र गठबन्धन अगाडि बढाउने र यसले देशमा एउटा आशा जगाउने । अलि अलि समस्या भए पनि यो गठबन्ध अगाडि बढ्नु पर्छ र बढ्छ यो हाम्रो प्रतिबद्धता हो ।’
देशलाई आत्मनिर्भर बनाउनका लागि रुपान्तरणकारी क्षेत्र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागेको पनि उनले दाबी गरे ।
उनले भने, ‘कृषि क्षेत्र रुपान्तरणकारी हुन्छ, आधारभूत रुपमा खानको लागि पहिला देश आत्मनिर्भर हुनुपर्यो, त्यसो हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, त्यसको लागि के गर्ने भन्दा हामी करार खेतीलगायत धेरै अवसरहरु छन् ।’

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउन ओलीको अनुरोध

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्।
एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्व सहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने जानकारी दिए। उनले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।
‘यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ। पार्टी भित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन। अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ,’ उनले भने।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औँल्याए। उनले हाल पार्टी भित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...