Page 18

प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८१, ०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जानकारी दिएको छ ।
आज सदनमा छलफलका क्रममा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची राखिएको छ ।
यस्तै, बैठकमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने, ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, सांसद प्रेम सुवालले नै अर्को ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ ।
आजै ‘भन्सार महशुल विधेयक, २०८१’ पनि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

DALLAS, TEXAS - JUNE 04: A general view during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

काठमाण्डौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले जितका लागि नेदरल्यान्डससामु १०७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए । यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।
नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर १०६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

वीरगन्ज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार एकीकृत समाजवादीका २ मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदै मधेस सरकारबाट बाहिरिएका हुन् ।

तेस्रोपटक भारतीय प्रधानमन्त्री मोदी विजयी

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट उनी मंगलबार तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् ।
यसपटक उनी सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराएका छन् ।
अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो । यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन् ।
सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा कांग्रेसका रायले एक लाख ५२ हजार ५४८ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा भने उनले चार लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन् ।
यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले हराएका छन् ।

प्रभु बैंक र स्वीसकनेक्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ ।
सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

 

प्रभु बैंकका ग्राहकलाई कुश्माको जिपलाइन र बेशीसहरको गेट वे हिमालय रिसोर्टमा छुट

काठमाडौं । पर्वतको कुश्मामा अवस्थित हार्नेस जिपलाइन र लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरमा अवस्थित गेट वे हिमालय रिसोर्टले आफ्ना सेवामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि विशेष छुट दिने भएका छन् ।
हार्नेस जिपलाइन प्रालि र गेट वे हिमालय रिसोर्टसँग प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई छुट दिने सम्बन्धमा सम्झौता गरेको हो ।
एक समारोहबीच हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रालिका तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिडरक्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङ लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तै बेशीसहरको गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवास सम्बन्धी सुविधामा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाईएको छ ।

अफगानिस्तानको विजयी सुरुवात, युगान्डा १२५ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह ‘सी’मा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
निकै नै उत्कृष्ट सुरुवात गरेको अफगानिस्तानले मध्य क्रममा भने बलियो योगफल तयार पार्न भने सकेन । पहिलो विकेटका लागि अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले १५४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
पहिलो विकेटको रुपमा १४.३ ओभरमा इब्राहिम जर्दानले ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७० रनको पारि खेलेर आउट भए । त्यसलगत्तै अफगानिस्तानले दोस्रो विकेट गुमाउन पुग्यो ।
दोस्रो विकेटको रुपमा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७६ रन जोडेका थिए । उनले चार चौका र चार छक्का प्रहार गरे । तेस्रो विकेटको रुपमा नजिवुल्लाह जर्दान २ रन बनाएर आउट भएका थिए भने गुलावदिन नइबले ४ रन जोडे । अज्मतुल्लाह ओमरजाइले ५ रन बाएर पाँचौं विकेटको रुपमा पभेलियन फर्किएका थिए ।
मोहमद नावी १४ तथा कप्तान राशिद खान २ रनमा नटआउट रहे ।
युगान्डाका कसमस केयुटा र बरिन मसाबाले दुईदुई विकेट लिए ।
१८४ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको युगान्डा कुनै पनि बेला हावी भएन । लगातार विकेट पतन हुँदा १६ ओभरमा ५८ रनमा समेटियो । युगान्डाका रोविनसन ओबुयाले सर्वाधिक १४ रन जोड्दा रिजत अलि साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए । चार खेलाडीले खाता पनि खोल्न सकेनन् ।
युगान्डालाई सस्तैमा रोक्ने क्रममा फजलहक फारुकीले ५ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट हात पारेका हुन् ।
यसैगरी, नभिन उल हक र रासिद खानले दुईदुई विकेट लिए ।

टी २० विश्वकप ः आज नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी ट्वान्टी २० विश्वकप अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबिच यतिबेला प्रतिस्पर्धा भइरहेको छ ।
आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई पर्यटन मन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन तयारी गरेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी नाउपालाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्।
गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी गराउने तयारी भएको हो। स्रोतका अनुसा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइसकेको छैन।
नाउपा अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री बन्ने तयारीमा रहेको जनाएकी छिन। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन्। अध्यक्ष श्रेष्ठले पनि आफूहरु सरकारमा जाने कुरा भएको जानकारी दिएकी छिन।
प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिने कुरा गरेको तर यहिँ नै हुन्छ भन्ने अहिले निश्चित नभइसकेको उनको भनाइ छ। प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। यसअघि दाहाल नेतृत्वकै सरकारमा श्रेष्ठ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी थिइन्।

गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी(स्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन ।
सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका छन । गिरीबन्धु टी स्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’
सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए ।
बालेनले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...