काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।
बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।
बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै, विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी, आज राष्ट्रिय सभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।
शिक्षा विधेयक आँफुले नअड्काएको शिक्षामन्त्रीको दाबी
काठमाण्डौं । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक आफूले नअड्काएको दाबी गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा आइतबार बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक सरकारको तहमा नअड्केको दाबी गरेकी हुन् ।
‘शिक्षा विधेयकका विषयमा तीन हप्ता अगाडि ध्यानाकर्षण पत्र दिएकी थिईन । यो विषयमा जनताको आवाज बोलिएको छ । यसमा शक्ति पृथकीकरणको सिद्धान्त पनि हेरिनुपर्छ भन्न चाहन्छु,’ उनले भनिन्, ‘रोष्ट्रममार्फत शिक्षा विधेयकका बारेमा भन्न चाहन्छु यो मन्त्रालय, सरकार र मेरो मातहतमा अड्किएको छैन । सदनमार्फत समितिमा गएको छ ।’
विधेयक ल्याएर बुझाउने कार्य भइसकेको भन्दै उनले यसलाई अगाडि बढाउन संसद्ले काम गर्नुपर्ने जानकारी दिईन ।
‘मन्त्रालयको काम विधेयक बनाएर बुझाउने हो । यो काम भइसक्यो । हरेक दफा पुनर्लेखन मन्त्रालयको होइन,’ उनले भनिन्, ‘विधेयकको विषयमा हरेक प्रदेशमा गएर छलफल गर्ने निर्णय भएको थियो । यसलाई अगाडि बढाउन मौखिक र लिखित रुपमा निर्देशन दिइसकेको छु ।’
शिक्षासम्बन्धी नियमावलीमा एकरूपता नभएको र प्रष्ट निर्देशिका नहुँदा शिक्षक सरुवालगायतका विषयमा प्रभावकारी काम नभएको उनले जानकारी दिईन ।
ऐनले हरेक ५ वर्षमा सरुवा गर भने पनि नभएपछि निर्देशिका बनाएर अनलाइनमार्फत व्यवस्थित गर्न खोज्दा अनावश्यक विवाद ल्याइएको उनले जनाईन ।
गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्धा ‘हेर्दाहेर्दै’ मा
काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो ।
आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल समबन्धि ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको जनाउँदै आफूलाई मओवादी केन्द्रले कारवाही गर्न नसक्ने दावी गरेका छन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।
कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक जारी
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन ।
सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफलसमेत गरिरहेका छन ।
आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरुले केहीदिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनका कारण संसद्को बैठकसमेत प्रभावित भएको थियो ।
दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सरकारले आजको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।
आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले गत शुक्रबार नै ह्वीप जारी गरेको छ ।
बजेट पास गर्ने कार्यसूचीसँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचीसमेत छ ।
यस्तै, आजको राष्ट्रिय सभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने
काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् ।
ग्लोबल टी–२० लिग आगामी जुलाईमा हुने छ ।
सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए ।
रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदैछन ।
एसिया सहयोग संवाद ९एसिया कोअपरेसन डायलग०को परराष्ट्र मन्त्रिस्तरीय १९औं बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिनेछन भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।
त्यस्तै, मन्त्रिस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।
आठ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो ।
बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।
त्यस्तै, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।
बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।
गृहमन्त्री लामिछाने विरूद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौं । रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्रविरूद्व लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा परेको रिटको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ असार १६ गतेलाई तोकिएको छ ।
आज रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गरेका थिए ।