Page 6

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।
बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।
बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै, विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी, आज राष्ट्रिय सभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

 

शिक्षा विधेयक आँफुले नअड्काएको शिक्षामन्त्रीको दाबी

काठमाण्डौं । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक आफूले नअड्काएको दाबी गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा आइतबार बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक सरकारको तहमा नअड्केको दाबी गरेकी हुन् ।
‘शिक्षा विधेयकका विषयमा तीन हप्ता अगाडि ध्यानाकर्षण पत्र दिएकी थिईन । यो विषयमा जनताको आवाज बोलिएको छ । यसमा शक्ति पृथकीकरणको सिद्धान्त पनि हेरिनुपर्छ भन्न चाहन्छु,’ उनले भनिन्, ‘रोष्ट्रममार्फत शिक्षा विधेयकका बारेमा भन्न चाहन्छु यो मन्त्रालय, सरकार र मेरो मातहतमा अड्किएको छैन । सदनमार्फत समितिमा गएको छ ।’
विधेयक ल्याएर बुझाउने कार्य भइसकेको भन्दै उनले यसलाई अगाडि बढाउन संसद्ले काम गर्नुपर्ने जानकारी दिईन ।
‘मन्त्रालयको काम विधेयक बनाएर बुझाउने हो । यो काम भइसक्यो । हरेक दफा पुनर्लेखन मन्त्रालयको होइन,’ उनले भनिन्, ‘विधेयकको विषयमा हरेक प्रदेशमा गएर छलफल गर्ने निर्णय भएको थियो । यसलाई अगाडि बढाउन मौखिक र लिखित रुपमा निर्देशन दिइसकेको छु ।’
शिक्षासम्बन्धी नियमावलीमा एकरूपता नभएको र प्रष्ट निर्देशिका नहुँदा शिक्षक सरुवालगायतका विषयमा प्रभावकारी काम नभएको उनले जानकारी दिईन ।
ऐनले हरेक ५ वर्षमा सरुवा गर भने पनि नभएपछि निर्देशिका बनाएर अनलाइनमार्फत व्यवस्थित गर्न खोज्दा अनावश्यक विवाद ल्याइएको उनले जनाईन ।

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्धा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो ।
आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल समबन्धि ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको जनाउँदै आफूलाई मओवादी केन्द्रले कारवाही गर्न नसक्ने दावी गरेका छन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।

कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक जारी

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन ।
सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफलसमेत गरिरहेका छन ।
आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरुले केहीदिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनका कारण संसद्को बैठकसमेत प्रभावित भएको थियो ।

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सरकारले आजको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।
आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले गत शुक्रबार नै ह्वीप जारी गरेको छ ।
बजेट पास गर्ने कार्यसूचीसँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचीसमेत छ ।
यस्तै, आजको राष्ट्रिय सभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् ।
ग्लोबल टी–२० लिग आगामी जुलाईमा हुने छ ।
सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए ।
रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदैछन ।
एसिया सहयोग संवाद ९एसिया कोअपरेसन डायलग०को परराष्ट्र मन्त्रिस्तरीय १९औं बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिनेछन भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।
त्यस्तै, मन्त्रिस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।

आठ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो ।
बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।
त्यस्तै, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।
बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

गृहमन्त्री लामिछाने विरूद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्रविरूद्व लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा परेको रिटको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ असार १६ गतेलाई तोकिएको छ ।
आज रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गरेका थिए ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...