काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।
आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको जनाईएको छ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयले जानकारी दिएको छ ।
सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको जनाईएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको जनाईएको छ ।
प्रहरी जवानले आफैंमाथि गोली हानेर गरे आत्महत्या
प्रतिनिधि सभामा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी डाकिएको छ ।
बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची रहेको जनाईएको छ ।
त्यसैगरी, दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको आठ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले जारी छलफलमा सांसदले उठाएका प्रश्नको आज जवाफ दिने कार्यसूची छ ।
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

काठमाण्डौं । सरकारले दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार चिकित्सा शिक्षा आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई मेडिकल कलेजको रुपमा सम्बन्धन दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको आयोगको बैठकको मुख्य एजेण्डा नै बीएण्डसीलाई सम्बन्धन दिने विषय थियो ।
बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।
गत १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।
सोहीअनुसार केही दिनअघि सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि काठमाडौँ विश्व विद्यालयले आवश्यक सिफारिस गरिसकेको थियो ।
८२५ जना शिक्षकहरूले त्यागे दलका सदस्यता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको जानकारी दिएकी छिन ।
मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने जनाईन ।
मन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन्।
आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि जानकारी दिईन ।
शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन्।
पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।
उक्त शाखाबाट सोमबारदेखि कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको छ ।
हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।
प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढीमा
काठमाडौं । प्रभु बैंकले मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।
अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।
यसअघि दुईवटा टोलीले मात्र जारी विश्वकपमा दुई सयभन्दा बढीको स्कोर बनाउन सकेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेलमा श्रीलङ्काले दुई सय एक रन बनाएको थियो । इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाले पनि दुई सय एक रन बनाएको थियो ।
वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६.२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका बलर र ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि अनुभवी ब्याट्सम्यान निकोलस पुरनले ९८ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५३ बलको सामना गरी आठ छक्का र ६ चौका पनि प्रहार गरेका थिए ।
ओपनर जोन्सन चाल्र्सले पनि टोलीको खातामा ४३ रन थपे । उनले केवल २७ बलको सामना गरी आठ चौका हिर्काए । कप्तान रोभमन पोवेलले पनि २६ रन बनाए । उनले १५ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।
अर्का अनुभवी ब्याट्सम्यान साई होपले पनि २५ रन बटुले । उनले १७ बलमा दुई छक्का प्रहार गरे । अफगानिस्तानका बलर गुलबदिन नाइबले दुई तथा नवीन उल हक र अजमतुल्लाह ओमरजाईले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई लक्ष्यसम्म पुग्न नदिन क्यारेबियन टोलीका बलर ओबेड म्याकोयले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । अकेल होसैनले पनि दुई विकेट लिएका थिए । अल्जारी जोसेफ र आन्द्रे रसेलले पनि एक–एक विकेट हात पारे ।
अफगानिस्तानका लागि ओपनर ईब्राहिम जदरानले सर्वाधिक ३८ रन बनाए । उनले २८ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । अजमतुल्लाह ओमरजाईले २३ रन जोडे । करिम जनतले १४ र कप्तान रासिद खानले १८ रन बटुले ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।
आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत बजेटका शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सांसदहरु डा. अमरेश कुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्र प्रसाद लिङ्देन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान र विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव पेश गर्ने जनाईएको छ ।
नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति
काठमाडौं । नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ।
सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।
ुछलफल सकियो। दुई पक्षबीच सहमति भएको छ,ु उनले भने, ुआजैबाट तेल पाइन्छ।ु
शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।
उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।
प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै प्रधानमन्त्रीको स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिएका छन । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्छन ।
विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको स्थलगत अनुगमन गर्न दौडधुप गरिरहेका छन । तर विभागीय मन्त्रीभन्दा एक कदम अघि सरेर प्रधानमन्त्री स्वयं प्रहरी प्रमुख फेरबदल हुने सामान्य प्रक्रियाको सम्बन्धमा स्पष्टीकरण दिँदै हिँडेका छन ।
गृह जिल्ला चितवन पुग्नुभएको प्रधानमन्त्री दाहालले सम्वाददाताहरुले राखेको जिज्ञासामा नेपाल प्रहरीको महानिरीक्षक परिवर्तन हुने कुरा हल्लामात्रै भएको स्पष्ट पारे । आफूले ढुक्क भएर काम गर्न महानिरीक्षकहरूलाई निर्देशन दिएको जानकारी दिएका छन । ‘दुवै प्रहरी संगठनका आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु ।’ दाहालले भने, ‘त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको गृह प्रशासन संयन्त्रले प्रधानमन्त्री दाहालका कतिपय निर्देशनहरु उपेक्षा गरेको महसुश गरेर दाहाल स्वयंले नेपाल प्रहरीको नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन । यसैलाई आधार बनाएर प्रहरी प्रमुख फेरिन लागेको भनेर चुहिएको सूचनाले होहल्ला सिर्जना गरेपछि नेपाल प्रहरीले विज्ञप्ति प्रकाशित गरेर यसको खण्डन गरेको थियो ।
















