काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा गत सोमबार भएको कांग्रेस(एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने जनाईएको छ ।
त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने जनाईएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।
यसैबीच, अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते संसद्मा विश्वासको मत लिँदैछन ।
एमाले सचिवालय बैठक १ बजे बस्दै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
संसदमा एमाले र कांग्रेसका सांसदहरुले विश्वासको मतअघि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा दबाब बढाउँदै आएका छन् ।
प्रधानमन्त्रीले अब थप दुई वटा मन्त्रालय सम्हाल्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् ।
जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् ।
मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा दिएकी थिइन् ।
उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेका छन् भने उनले असार २८ मा विश्वासको मत लिन लागेका छन् ।
बाढी पहिरबाट ७४ जनाको मृत्यु, एकसय ६१ घर डुबानमा
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णालीप्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते हुनु भएको हो । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१जना, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परेर कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँचजना वेपत्ता भएका छन । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटागोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय३५ वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाईसुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्ननिकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९, ८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री पुष्पकमल दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
एमालेले सचिवालय बैठक १ बजे बस्दै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए।
उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।
कांग्रेस र एमालेले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा
काठमाण्डौं । नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीको राजीनामा माग गरेका छन् । आइतबार एमाले, काँग्रेस संसदीय दलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।
२० असारमा एमाले सरकारबाट बाहिरिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले नैतिक आधार गुमाईसकेकाले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षर गरिएको संयुक्त प्रेस विज्ञप्तीमा बहुमत गुमाइसकेको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनैपनि काम काज नगर्न माग गरिएको छ ।
दोस्रो पटक सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचन भए लगत्तै एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री भएका थिए । त्यसपछी राजनीतिक समिकरण परिर्वतन भएसँगै काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री भएका थिए ।
फेरी केन्द्रमा राजनीतिक समिकरण परिर्वतन भएसँगै गत बैशाख पहिलो साता नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए । उनी एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका थिए । सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि आउँदो बर्षको बजेट समेत प्रभावित हुने आशंका गरिएको छ ।
बाढी र पहिरोमा परी हालसम्म् ४८ जनाको मृत्यु
काठमाण्डौं । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यो तथ्यांक गत जेठ २८ गतेदेखिको भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
प्रभु बैंकका ग्राहकलाई एयरपोर्ट नजिकैको ‘टी थ्री’ रेष्टुरेण्टमा छुट
काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ‘टी थ्री’ ग्रुप ९थकाली एन्ड कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नर०ले विशेष छुट दिने भएको छन् ।
टी थ्री ग्रुप प्रालिका अध्यक्ष एवं कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकको तर्फबाट बागमती प्रदेश शाखा प्रमुख विकास शर्मा गुरागाईँले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेण्टमा उपलब्ध सबै सेवामा १० प्रतिशत छुट दिइने भएको हो ।
कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई सहयोग
काठमाडौं । कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुन.१, काठमाडौंलाई रु. १ लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो ।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डा. बाबुकाजी थापा थिए ।
कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।